Kathmandu Press

स्टन्टबाजी गरेर भ्रमको सिर्जना गर्ने काम बन्द गर्न सरकारलाई बानियाँकाे आग्रह

शनिबार कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजित होली मिलन कार्यक्रममा बोल्दै बानियाँले सरकारले जनताको पक्षमा काम गर्नुपर्ने भन्दै स्टन्डबाजी गरेर भ्रमको सिर्जना गर्ने कामलाई बन्द गर्नुपर्ने बताएका हुन्।
स्टन्टबाजी गरेर भ्रमको सिर्जना गर्ने काम बन्द गर्न सरकारलाई बानियाँकाे आग्रह

काठमाडाैं, चैत १० : नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले स्टन्टबाजी गरेर भ्रमको सिर्जना गर्ने कामलाई बन्द गर्न सरकारलाई आग्रह गरेका छन्।

शनिबार कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजित होली मिलन कार्यक्रममा बोल्दै बानियाँले सरकारले जनताको पक्षमा काम गर्नुपर्ने भन्दै स्टन्डबाजी गरेर भ्रमको सिर्जना गर्ने कामलाई बन्द गर्नुपर्ने बताएका हुन्।

Hardik ivf

सत्य, न्याय र गरिवको पक्षमा गणतन्त्रलाई संस्थागत गर्दै दिगो विकासको बाटोमा अघि बढ्न उहाले आह्वान समेत गरे। उनले अहिले मुलुकको व्यवस्थामाथि नै चुनौति बढेको भन्दै मुलुकको व्यवस्थालाई बलियो बनाउनका लागि पनि चाडपर्वले सकारात्मक ऊर्जा दिने विश्वास व्यक्त गरे।

बानियाँले कांग्रेसभित्रको गुटउपगुटलाई अन्त्य गर्दै पार्टीको नीतिभित्र रहेर एकजुट भएर अघि बढ्नुपर्ने बताए। 

प्रकाशित मिति: १४:५२ बजे, शनिबार, चैत १०, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्