Kathmandu Press

राइट टु प्रोटिन हाफ म्याराथन : बागमतीकी सन्तोषी श्रेष्ठ र आर्मीका दीपक अधिकारीलाई उपाधि

शनिबार काठमाडौंमा भएको म्याराथनमा सन्तोषीले १ घण्टा २० मिनेट १९ सेकेन्डमा दौड पूरा गर्दै प्रथम बनेकी हुन्।
राइट टु प्रोटिन हाफ म्याराथन : बागमतीकी सन्तोषी श्रेष्ठ र आर्मीका दीपक अधिकारीलाई उपाधि
Hardik ivfHardik ivf

काठमाडौं, चैत १० : तेस्रो संस्करणको राइट टु प्रोटिन हाफ म्याराथनको उपाधि बागमती प्रदेशकी सन्तोषी श्रेष्ठ र त्रिभुवन आर्मी क्लबका दीपक अधिकारीले जितेका छन्।

शनिबार काठमाडौंमा भएको म्याराथनमा सन्तोषीले १ घण्टा २० मिनेट १९ सेकेन्डमा दौड पूरा गर्दै प्रथम बनेकी हुन्। यस्तै दोस्रो भएकी नेपाल पुलिस क्लबकी राममाया बुढाले १ घण्टा २१ मिनेट ५६ सेकेन्डमा पूरा गरिन्। एपीएफकी पुष्पा भण्डारीले १ घण्टा २३ मिनेट २ सेकेन्डमा दौड पूरा गर्दै तेस्रो स्थान प्राप्त गरिन्।

पुरुषतर्फ दीपक अधिकारीले निर्धारित दूरी १ घण्टा ७ मिनेट ३३ सेकेन्डमा पूरा गरे। उनले लगातार दोस्रो पटक उपाधि जितेका हुन्। एपीएफका गोपिचन्द्र पार्की ९ सेकेन्डले पछि पर्दै दोस्रो बने। पार्कीले १ घण्टा ७ मिनेट ४२ सेकेन्डको समय लगाएका थिए। तीर्थ पुन १ घण्टा ७ मिनेट ४३ सेकेन्डमा दौड पूरा गर्दै तेस्रो भए। हाफ म्याराथन महिला र पुरुषतर्फ दुवै विजेताले १ लाख, दोस्रोले ७५ हजार, तेस्रोले ५० हजार, चौथोले ४० र पाँचौंले ३० हजार प्राप्त गरे।

१० किलोमिटर पुरुषतर्फ आर्मीका मुकेश पाल प्रथम, सञ्जय श्रेष्ठ दोस्रो, गजेन्द्र राई तेस्रो, सुवाष कार्की चौथो र श्रीकाश राई पाँचौं बने। ५ किलोमिटर खुल्ला महिलातर्फ आर्मीकी सृर्जना पाण्ड्य प्रथम, पुलिसकी राजपुरा पछाई दोस्रो, निर्मला केसी तेस्रो, आशा रावत चौथो र सुमित्रा कुमारी चौधरी पाँचौं बनिन्।

स्कुलतर्फ ५ किलोमिटरमा विश्वराम कुँवर प्रथम, बादल कार्की दोस्रो, विकेश घिमिरे तेस्रो, कृष्ण परियार चौथो र आशिष कुमार क्षेत्री पाँचौं स्थान हात पारे। ह्विलचियर ३ किलोमिटर पुरुषतर्फ राम काजी मिजार प्रथम, रमेश खत्री दोस्रो, प्रेम विक तेस्रो, दीपक आले मगर चौथो र विष्णु पुकार श्रेष्ठ पाँचौं स्थानमा रहे।

प्रकाशित मिति: १४:४६ बजे, शनिबार, चैत १०, २०८०
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्