सहिदका सपना पूरा गर्नका लागि अविचलित भएर लाग्नुपर्छ : मुख्यमन्त्री जम्कट्टेल
विभिन्न समयमा आन्दोलनमा लागेर सहिद भएकाको सपना भनेको समाजलाई व्यवस्थित बनाउने, सुशासन कायम गराउने, जनआधारित शासन प्रणाली सञ्चालन लागू गर्ने भएको उनले बताए।
काठमाडाैं, चैत १० : बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सहिदका सपना पूरा गर्नका लागि अविचलित भएर लाग्नुपर्ने बताएका छन्।
प्रज्ञा स्मृति प्रतिष्ठानले शनिबार काठमाडौंमा आयोजना गरेको ‘प्रज्ञा स्मृति साइक्लिङ प्रतियोगिता’को उद्घाटन गर्दै मुख्यमन्त्री जम्कट्टेलले सहिदको योगदानका कारण मुलुकमा परिवर्तन सम्भव भएको भन्दै सहिदका सपना पूरा गर्न अविचलित भएर लाग्नुपर्ने बताएका छन्।
विभिन्न समयमा आन्दोलनमा लागेर सहिद भएकाको सपना भनेको समाजलाई व्यवस्थित बनाउने, सुशासन कायम गराउने, जनआधारित शासन प्रणाली सञ्चालन लागू गर्ने भएको उनले बताए। त्यस्तै उहाले साइकलको प्रयोगले वातावरणको प्रदूषण रोक्ने भएकाले स्वास्थ जीवनशैली र प्रदूषणरहित वातावरणका लागि यसको प्रयोग महत्वपूर्ण रहने धारणा पनि राखे।
कार्यक्रमका संयोजक सन्तु दराईले नेपालीको स्वास्थ्य अवस्था राम्रो राख्नका लागि साइकलको प्रयोग बढाउनु पर्ने सन्देश दिने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए। प्रतियोगितामा देशभरका ८५ जना साइकल राइडरको सहभागिता रहेका थियो।












