Kathmandu Press

कांग्रेसले संसदमा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्नेछ : प्रदीप पौडेल

शनिबार दाङ पुगेका नेता पौडेलले आफूहरुले संसदमा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए। ‘अहिले हामीलाई सत्तामा जाने कुनै हतारो छैन।
कांग्रेसले संसदमा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्नेछ : प्रदीप पौडेल

काठमाडौं, चैत १० : कांग्रेस युवा नेता प्रदीप पौडेलले आफूहरुलाई सत्तामा जाने कुनै हतारो नभएको बताएका छन्।

शनिबार दाङ पुगेका नेता पौडेलले आफूहरुले संसदमा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए। ‘अहिले हामीलाई सत्तामा जाने कुनै हतारो छैन। सत्तामा जान अप्राकृतिक प्रपञ्च गर्न जरुरी छैन। हामीले कसैलाई अस्वाभाविक रुपले कुर्सी दिएर सत्तामा जाने कोसिस गरिरहेका छैनौं,' उनले भने, 'हामीलाई परिस्थितिले नै सत्तामा लान्छ। यो गठबन्धन आफैं ढल्छ। अर्को बन्ने गठबन्धनबाट कांग्रेस सत्तामा जान्छ।’ सांसद पौडेलले कांग्रेसको सीटभन्दा आधा कम भएको माओवादीलाई प्रधानमन्त्री स्वीकार्नु नै अचम्मको विषय भएको बताए।

Hardik ivf

उनले माओवादीका अध्यक्ष तेस्रो दलको नेता भए पनि प्रधानमन्त्रीमा समर्थन गरिराख्दा पनि कांग्रेसलाई लत्याएर नयाँ गठबन्धन गरेकाे बताए। 'बेइमानी माओवादी र प्रचण्डको हो। हाम्रो रोदन होइन, वास्तविकता हो। कांग्रेसको सिटभन्दा आधा कम भएको पार्टी हो माओवादी। त्यसैले कांग्रेसले माओवादीको नेतृत्वलाई प्रधानमन्त्री स्वीकार्ने नै अचम्मको विषय थियो।’

उनले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको विषयमा प्रश्न उठिसकेपछि स्वतन्त्र र निष्पक्ष रूपमा छानबिन हुनुपर्नेमा जाेड दिए। ‘अहिलेको अवस्थाले निष्पक्ष छानबिनलाई प्रभावित पार्छ भन्ने हाम्रो बुझाइ हो।  हामीले अहिले गृहमन्त्रीको राजीनामा मागेको भन्दा पनि राजीनामा दिने र नदिने कुरा उहाँको नैतिकताको विषय हो।’

प्रकाशित मिति: १४:२८ बजे, शनिबार, चैत १०, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्