Kathmandu Press

तीन स्रष्टालाई ‘वानीरा पुरस्कार’

कथा र कविताको सिर्जनामा समर्पित रही नेपाली साहित्यको सम्वद्र्धनमा उल्लेख्य योगदान दिएवापत श्रीमती अनिता तुलाधरलाई रु ५० हजार राशिको ‘वानीरा पुरस्कार’ प्रदान गर्ने निर्णय भएको फाउन्डेसनका सदस्य सचिव नरेन्द्रराज प्रसाईले जानकारी दिए।
तीन स्रष्टालाई ‘वानीरा पुरस्कार’

काठमाडौं, चैत १० : वानीरा फाउन्डेसनले सात दशकदेखि सिर्जना र चलचित्रमा समर्पित रही योगदान गरेका तीनजना स्रष्टालाई सम्मान गर्ने भएको छ।

कविता, कथा, उपन्यास र समालोचनाको समृद्धिमा उल्लेख्य योगदान पुर्‍याएबापत प्रा पुष्कर लोहनीलाई रु एक लाख राशिको ‘वानीरा प्रज्ञा पुरस्कार, नेपाली रङ्गमञ्च तथा चलचित्रकलामा विगत ६ दशकदेखि निरन्तर समर्पित रही नाट्यकलाको विकासमा विशिष्ट योगदान गरेवापत रु एक लाख राशिको ‘वानीरा शङ्कर पुरस्कार’ मदनदास श्रेष्ठलाई प्रदान गर्ने निर्णय भएको हो।

Hardik ivf

कथा र कविताको सिर्जनामा समर्पित रही नेपाली साहित्यको सम्वद्र्धनमा उल्लेख्य योगदान दिएवापत श्रीमती अनिता तुलाधरलाई रु ५० हजार राशिको ‘वानीरा पुरस्कार’ प्रदान गर्ने निर्णय भएको फाउन्डेसनका सदस्य सचिव नरेन्द्रराज प्रसाईले जानकारी दिए।

साहित्यकार डा वानीरा गिरीको स्मृतिमा स्थापित सो  फाउन्डेसनको संस्थापक, संरक्षक तथा दाता  शङ्कर गिरी र अध्यक्ष इन्दिरा प्रसाई छन्।

प्रकाशित मिति: १४:०१ बजे, शनिबार, चैत १०, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्