Kathmandu Press

पदयात्रीको उपचार गर्न विदेशी चिकित्सक टोली हिमालमा

वसन्त र शरद् ऋतुमा हिमाल आरोहण गर्न जाने पर्यटकलाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले २०३० सालमा स्थापना भएको सङ्घले वसन्त ऋतु सुरु भएसँगै पाँच विदेशी र दुई नेपाली चिकित्सकलाई सोलुखुम्बु र मनाङको तीन स्थानमा पठाएको हो।
पदयात्रीको उपचार गर्न विदेशी चिकित्सक टोली हिमालमा

काठमाडौं, चैत १० : हिमालयन उद्धार सङ्घले आन्तरिक तथा बाह्य पर्वतीय पदयात्रीको उपचारका लागि सोलुखुम्बु र मनाङ जिल्लाका तीन ठाउँमा विदेशी चिकित्सकसहितको टोली खटाएको छ। वसन्त र शरद् ऋतुमा हिमाल आरोहण गर्न जाने पर्यटकलाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले २०३० सालमा स्थापना भएको सङ्घले वसन्त ऋतु सुरु भएसँगै पाँच विदेशी र दुई नेपाली चिकित्सकलाई सोलुखुम्बु र मनाङको तीन स्थानमा पठाएको हो।

हिमाल आरोहण गर्न जाने पर्वतीय पर्यटककोे उपचारका लागि सोलुखुम्बुको सगरमाथा आधार शिविर, सोलुखुम्बुकै फेरिचे र मनाङको मनाङ गाउँमा अस्थायी स्वास्थ्य केन्द्र स्थापना गरी चिकित्सक टोली खटाएको सङ्घका प्रमुख कार्यकारी अधिकृत गोविन्द बस्यालले राससलाई जानकारी दिए।

Hardik ivf

'हिमाल आरोहण गर्न जाने स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरी आधार क्षेत्रमा विशेषज्ञ सेवा उपलब्ध गराउन तालिम दिएर स्वयंसेवी चिकित्सक परिचालन गरेका हौँ,' उनले भने। सगरमाथा आधार शिविरमा एक विदेशी र दुई नेपाली चिकित्सक तथा फेरिचे र मनाङ गाउँमा दुई दुई विदेशी चिकित्सकले स्वास्थ्यसेवा प्रदान गर्नेछन्। उक्त टोलीमा सङ्घका कर्मचारीसमेत खटिएका छन्। मनाङ गाउँमा खटिएको टोलीले शुक्रबारदेखि काम थालेको छ। सोलुखुम्बुमा खटिएको टोलीलाई भने काम गर्न केही दिन लाग्ने प्रमुख कार्यकारी अधिकृत  बस्यालले बताए। 

मनाङ स्वास्थ्य चौकीमा अष्ट्रेलियाका डा प्याट्रिक जुलियन टिम्स र डा थोमस रोस म्याकफार्लेन, फेरिचे स्वास्थ्य चौकीमा अष्ट्रेलियाका डा क्याथरिन अन्ना ग्रेला र अमेरिकी चिकित्सक डा ब्रायन मिचेल स्ट्रिकल्यान्ड तथा सगरमाथा आधार शिविरमा अमेरिकी चिकित्सक डा ग्रेगरी ह्यु स्टिलर र नेपाली चिकित्सकद्वय डा निशान्त जोशी र डा श्रेयसी कार्कीको टोली खटिएको छ।

हरेक वर्ष  हजारौँ स्वदेशी तथा विदेशी आरोहीलाई सेवा दिँदै आएको उक्त सङ्घले जनैपूर्णिमाका अवसरमा गोसाइँकुण्डमा समेत स्वास्थ्य शिविर राखेर पदयात्रीलाई सेवा प्रदान गर्दै आएको छ। सङ्घका अध्यक्ष डम्बर पराजुलीले कार्यक्षेत्रमा खटिएका स्वयंसेवक चिकित्सकलाई लेक लाग्ने, अन्य उपचारलगायत पर्वतीय क्षेत्रमा आइपर्ने स्वास्थ्य समस्याबारे विस्तृत तालिम प्रदान गरेर कार्यक्षेत्रमा पठाइएको बताए। उक्त टोलीले स्वदेशी पदयात्रीलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ। सङ्घले नेपाल मेडिकल काउन्सिलबाट स्वीकृत लिएका चिकित्सकलाई मात्र कार्यक्षेत्रमा खटाउने गरेको अध्यक्ष पराजुलीले बताए। 

पर्वतीय पदयात्रा व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल ९टान० का महासचिव विनोद सापकोटाले हिमाल आरोहणका लागि उच्च हिमाली क्षेत्रमा पुगेका स्वदेशी तथा विदेशी पदयात्रीलाई स्वास्थ्य सेवा प्रदान गर्नु सकारात्मक भएको बताए। 'हिमाल आरोहणका लागि गएका पर्यटकलाई स्वास्थ्य सेवाबाट राहत पुगेको छ, सो सेवा सरकारी क्षेत्रबाट पनि प्रदान गरिनुपर्ने हो, सङ्घले हिमाली क्षेत्रमा पु¥याएको स्वास्थ्य सेवाको टानले प्रशंसा गरेको छ,' उनले भने।

सङ्घले सन् २००३ देखि सगरमाथा आधार शिविरमा स्वास्थ्य शिविर स्थापना गरी आरोही र आरोहणमा सहयोग गर्ने कर्मचारीका साथै अन्य पदयात्रीलाई सेवा दिँदै आएको छ। फेरिचेमा सन् १७७३, मनाङ गाउँमा सन् १९८० र गोसाइँकुण्डमा सन् १९९७ देखि स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।

प्रकाशित मिति: १३:०८ बजे, शनिबार, चैत १०, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्