Kathmandu Press

आईपिएलमा चेन्नाई विजयी सुरुवात, आज दुई खेल हुँदै

शुक्रबार राति भएको प्रतियोगिताको उद्घाटन रोयल च्यालेन्जर्स बैंग्लोरमाथि ६ विकेटको जित निनकाल्दै चेन्नाईले विजयी सुरुवात गरेको हो।
आईपिएलमा चेन्नाई विजयी सुरुवात, आज दुई खेल हुँदै

काठमाडौं, चैत १० : फागुन इन्डियन प्रिमियर लिग (आईपीएल)मा डिफेन्डिङ चेन्नई सुपर किंग्सले विजयी सुरुवात गरेको छ।

शुक्रबार राति भएको प्रतियोगिताको उद्घाटन रोयल च्यालेन्जर्स बैंग्लोरमाथि ६ विकेटको जित निनकाल्दै चेन्नाईले विजयी सुरुवात गरेको हो।

पहिला ब्याटिङ गर्दै बैंग्लोरले दिएको १७४ रनको लक्ष्य चेन्नाईले १८.४ ओभरमा चार विकेट गुमाएर भेट्टायो।

Hardik ivf

चेन्नाईको जितमा रचिन रवीन्द्रले सर्वाधिक ३७ रन बनाए। अजिन्का रहाणेले २७, शिवम दुवेले ३४, रविन्द्र जडेजाले २५  रन बनाउँदा डारेल मिचेलले २२ रनको योगदान दिए।

बैंग्लोरका लागि क्यामरुन ग्रीनले २, यश दयाल र कर्ण शर्माले समान १ विकेट लिए।

पहिला ब्याटिङ गरेको बैंग्लोरले निर्धारित ओभरमा ६ विकेट गुमाएर १७३ रन बनायो। उसका लागि अनुज रावतले ४८ रन बनाए भने कप्तान फाफ डु प्लेसिसले सर्वाधिक ३५ रन बनाए।

यस्तै, दिनेश कार्तिक २८ रन बनाउँदा लामो समयपछि क्रिकेटमा फर्किएका विराट कोहली २१ रन बनाए।

चेन्नईका मुस्तफिजुर रहमान एक्लैले ४ विकेट लिए।

महेन्द्रसिंह धोनीले कप्तानी छोडेपछि चेन्नाई ऋतुराज गायवाडको कप्तानीमा मैदानमा थियो।

त्यस्तै, आईपिएलमा आज दुई खेल हुँदैछन्। पहिलो खेलमा पञ्जाब किंग्स र दिल्ली क्यापिटल भिड्नेछन्। यो खेल दिउँसो नेपाली समय अनुसार ४ बजे सुरु हुनेछ ।

दोस्रो खेलमा कोलकोत्ता नाइट राइर्डस र सनराइर्ज हैदरावादबीच प्रतिस्पर्धा हुनेछ । यो खेल साँझ ८ बजे सुरु हुनेछ।

प्रकाशित मिति: ०९:०० बजे, शनिबार, चैत १०, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्