Kathmandu Press

पूर्व राजाले आफैं त्रिपुरेश्वर पुगेर राहदानी नवीकरण गरे

निर्मल निवास सूत्रका अनुसार, गत सोमबार पूर्व राजा रानी त्रिपुरेश्वर गएर राहदानी नवीकरण गरेका थिए।
पूर्व राजाले आफैं त्रिपुरेश्वर पुगेर राहदानी नवीकरण गरे

काठमाडौं, चैत १० : पूर्व राजा ज्ञानेन्द्र शाहले राहदानी नवीकरण गरेका छन् । पत्नी कोमललाई साथै लिएर आफैं राहदानी विभाग त्रिपुरेश्वर गएका थिए पूर्व राजा शाह।

‘उहाँ राहदानी नवीकरण गर्न आफैं आउने  भनेर खबर पायौं तर हामीले यसलाई कसैले चलाएको हल्ला ठान्यौं, नभन्दै उहाँ आउनु भयो र सर्वसाधारण सरह नै सेवा लिनुभयो’ विभागका एक अधिकृतले बताए।

Hardik ivf

निर्मल निवास सूत्रका अनुसार, गत सोमबार पूर्व राजा रानी त्रिपुरेश्वर गएर राहदानी नवीकरण गरेका थिए।

सचिवालयले नै नवीकरणको काम गर्ने सल्लाह दिँदा पूर्व राजाले सर्वसाधारण युवाहरु आफैं लाईनमा बसेर राहदानी सेवा लिइरहेको प्रत्यक्ष हेर्न पनि चाहेकाले आफैं गएर नवीकरण गर्ने जवाफ दिएका थिए।
 
राहदानी नवीकरणको काम सकेपछि विभागका कर्मचारी र त्यहाँ उपस्थित युवाहरुले पूर्व राजासँग तस्बिर खिचेका थिए।

कतिपयले सेल्फी खिच्न आग्रह गर्दा पूर्व राजाले सबैलाई समय दिएको सचिवालयले बताएको छ।

प्रकाशित मिति: ०८:४० बजे, शनिबार, चैत १०, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्