भारतबाट आएका तीन जनालाई कोरोनाको आशंकामा सेती अस्पताल भर्ना
धनगढी, चैत ८ : कोरोना भाइरस संक्रमणको आशंकामा भारतबाट आएका तीन जनालाई धनगढीको सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ।
उनीहरुलाई नेपाल आउँदा....

धनगढी, चैत ८ : कोरोना भाइरस संक्रमणको आशंकामा भारतबाट आएका तीन जनालाई धनगढीको सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ।
उनीहरुलाई नेपाल आउँदा नाकामा चेक गर्ने क्रम उच्च ज्वरो देखिएपछि कोरोनाको आशंकामा अस्पताल भर्ना गरिएको हो। सेती अस्पतालका इमर्जेन्सी विभाग प्रमुख डा. जगदीश जोशीले उच्च ज्वरो देखिएकाले अस्पतालमा भर्ना गरिएको बताए।
तीनै जनालाई अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ। उनीहरूको खकार नमूना संकलन गरी शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको डा. जोशीले बताए।
प्रकाशित मिति: १४:०० बजे, शनिबार, चैत ८, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











