Kathmandu Press

एमाले समाजवादी मोर्चामा सहभागी हुँदैन : ओली

शुक्रबार सिंहदरबारमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंगको भेटपछि ओलीले समाजवादी मोर्चामा सहभागी नहुने बताएका हुन्।
एमाले समाजवादी मोर्चामा सहभागी हुँदैन : ओली

काठमाडाैं, चैत ९ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समाजवादी मोर्चामा सहभागी नहुने बताएका छन्।

शुक्रबार सिंहदरबारमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंगको भेटपछि ओलीले समाजवादी मोर्चामा सहभागी नहुने बताएका हुन्। उनले अहिलेको समसामायिक विषयमा प्रधानमन्त्रीसँग राम्रै कुरा भएको संक्षिप्त प्रतिक्रिया दिए।

Hardik ivf

दुई नेताबीच संसदमा कांग्रेसको विरोध, संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलगायत विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।

यसअघि शुक्रबार बसेको चार दलीय समाजवादी मोर्चाको बैठकमा नेकपा एमालेलाई पनि सहभागी गराउने बारेमा छलफल भएको थियो। 

प्रकाशित मिति: १५:५८ बजे, शुक्रबार, चैत ९, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्