Kathmandu Press

सर्वाेच्च को फैसला कार्यान्वयन नगरेको भन्दै गोर्खा भूतपूर्व सैनिकद्वारा आन्दोलनकाे चेतावनी

बिगेसोले ब्रिटिस गोर्खा सैनिकहरुको पक्षमा मात्रै नभएर देशको राष्ट्रिय स्वाधिनताको रक्षाको पक्षमा सर्बोच्चद्वारा गरेको फैसलालाई एक वर्ष बितिसक्दा पनि कार्यान्वयन नगरेको भन्दै आन्दोलन गर्ने चेतावनी दिएको हो।
सर्वाेच्च को फैसला कार्यान्वयन नगरेको भन्दै गोर्खा भूतपूर्व सैनिकद्वारा आन्दोलनकाे चेतावनी

काठमाडाैं, चैत ९ : ब्रिटिस गोर्खा भूतपूर्व सैनिक संगठन (बिगेसो) ले ब्रिटिस गोर्खा सैनिकहरुको पक्षमा सर्वाेच्च अदालतले गरेको फैसला राज्यले कार्यान्वयन नगरेको भन्दै आन्दोलन गर्ने चेतावनी दिएको छ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बिगेसोले ब्रिटिस गोर्खा सैनिकहरुको पक्षमा मात्रै नभएर देशको राष्ट्रिय स्वाधिनताको रक्षाको पक्षमा सर्बोच्चद्वारा गरेको फैसलालाई एक वर्ष बितिसक्दा पनि कार्यान्वयन नगरेको भन्दै आन्दोलन गर्ने चेतावनी दिएको हो।

Hardik ivf

पत्रकार सम्मेलनमा संगठनका अध्यक्ष पदम सुन्दर लिम्बुले यति ठूलो राष्ट्रियतासँग जोडिएको महत्व पूर्ण बिषयमा अदालतको आदेश एक वर्षसम्म पनि कार्यान्वयन गर्न नमान्नु निकै नै रहस्यमय भएको बताए। उनले फैसला आएको एक वर्षमा कार्यान्वयनका लागि विभिन्न संघर्षका कार्यक्रमदेखि प्रधानमन्त्रीसमक्ष ध्यानाकर्षण पत्र बुझाएको जानकारी दिए। लिम्बुले अब पनि सरकारले फैसाला कार्यान्वयन नगरे आगामी समयमा पोखरा,बुटवल लगायत देशका मुख्य सहर केन्द्रीत आन्दोलन चर्काउने तयारी रहेको बताए।

पत्रकार सम्मेलनमाबिगेसो सिंगापुर विभागका प्रमुख पल बहादुर घर्तीले ब्रिटिस भर्तिको प्रभावका कारण सिंगापुर गोर्खाहरु अत्याधिक पीडित रहेको बताए। घर्तीले गोर्खाहरुले अरुको तुलनामा जोखिमयुक्त कार्य गर्ने तर समान तलव, सेवा, सुविधा, पेन्सन, नदिने र राज्यले भाडाका सेना बनाउने भएकाले त्यसको खारेजीको लडाइँ जारी रहने उल्लेख गरे। 

प्रकाशित मिति: १५:२० बजे, शुक्रबार, चैत ९, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्