Kathmandu Press

सब–इन्जिनियर रजकविरुद्ध घुस मुद्दा

भवन निर्माणसम्बन्धी खाता फुकुवा गर्नका लागि सेवाग्राहीसँग ७० हजार घुस लिएको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अभियोगपत्र दायर गरेको हो।
सब–इन्जिनियर रजकविरुद्ध घुस मुद्दा

काठमाडौं, चैत ९ : सप्तरीस्थित सामाजिक विकास इकाई कार्यालय राजविराजका सव–इन्जिनियर अजय कुमार साफी भन्ने अजय रजकविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ।

भवन निर्माणसम्बन्धी खाता फुकुवा गर्नका लागि सेवाग्राहीसँग ७० हजार घुस लिएको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अभियोगपत्र दायर गरेको हो।

Hardik ivf

घुस बापत नगद १५ हजार र ५५ हजार रुपैयाँको चेक दिइसकेको अवस्थामा अख्तियारको कार्यालय इटहरीबाट खटिएको टोलीले रजकलाई पक्राउ गरेको थियो। 

रजकलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो ७० हजार  रुपियाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) देहाय (ग) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजायसमेत हुन मागदाबी लिई आरोपपत्र दायर गरिएको अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
 

प्रकाशित मिति: १४:५३ बजे, शुक्रबार, चैत ९, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्