Kathmandu Press

६ महिनापछि हिउँदे वर्षा, किसान खुसी

बर्सातले फलफूलका बिरुवा, तरकारी तथा अन्य हिउँदेबालीको उत्पादनमा वृद्धि हुने अपेक्षा लिइएको स्थानीय रुपनारायण फुयालले बताए
६ महिनापछि हिउँदे वर्षा, किसान खुसी

भोजपुर, चैत ९ : लामो समयपछि हिउँदे बर्सात भएपछि भोजपुरका किसान खुसी भएका छन्। लामो खडेरीको मार परेका किसान बर्सात भएसँगै हिउँदेबाली सप्रने भन्दै खुसी भएका हुन्।

बर्सातले फलफूलका बिरुवा, तरकारी तथा अन्य हिउँदेबालीको उत्पादनमा वृद्धि हुने अपेक्षा लिइएको स्थानीय रुपनारायण फुयालले बताए। खडेरीले हावाहुरीसँगै आगलागीका घटना बढिरहेको अवस्थामा बर्सातले केही राहत मिलेको उनको भनाइ छ।

'लामो समयदेखि हिउँदे बर्सात भएको थिएन,' फुयालले भने, 'पानी नपर्दा हिउँदेबाली बारीमा नै सुकिसकेका थिए। ढिलै भए पनि पानी परेसँगै दिउँदेबालीको उत्पादन बढ्नेमा आशावादी छौँ।'

समयमा हिउँदे वर्षा नहुँदा बालीनाली सुकेका भन्दै बर्सातले किसानलाई लाभ पुगेको तिवारीभञ्याङका टीकाराम तिवारीले बताए। गहुँ, जौ, तोरी, आलु, गोलभेँडालगायत नगदेबालीलाई बर्सातले फाइदा पुगेको उनको भनाइ छ। जिल्लाका सबै भू–भागमा बुधबारदेखि निरन्तर वर्षा भइरहेको छ। यहाँ ६ महिनादेखि पानी पर्न सकेको थिएन।

प्रकाशित मिति: १४:३७ बजे, शुक्रबार, चैत ९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्