Kathmandu Press

हाजिर जमानीमा छुटे महरा 

जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई हाजिरी जमानतमा छाड्न अनुमति दिएको छ। यसपछि महरा छुटेका हुन्।
हाजिर जमानीमा छुटे महरा 

काठमाडौं, चैत ९ : सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरा हाजिरी जमानतमा छुटेका छन्। 

जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई हाजिरी जमानतमा छाड्न अनुमति दिएको छ। यसपछि महरा छुटेका हुन्। महराको बयान सकिएपछि उनलाई हाजिरी जमानतमा छाडेर थप अनुसन्धान प्रक्रिया अघि बढाउन सीआईबीले नै सरकारी वकिलसँग अनुमति मागेको थियो।

Hardik ivf

महरालाई गत ५ चैतमा पक्राउ गरिएको थियो। यस अघि अदालतले महरालाई ४ दिन मात्र स्वीकृति दिएको थियो। स्वास्थ्य अवस्थालाई ख्याल गर्दै बयान भइसकेकाले बाहिरै राखेर पनि थप अनुसन्धान गर्न सकिने भएकले छाडिएको प्रहरीले जनाएको छ।

महराको चिनियाँ तस्कर गिरोहका एक मुख्य पात्र दावोजिन वाङसँग सम्बन्ध देखिएपछि पक्राउ परेका हुन्। महराका छोरा राहुल पनि सुन तश्करी प्रकरणमा अदालतको आदेशले पुर्पक्षका लागि थुनामा छन्। 
 

प्रकाशित मिति: १४:१९ बजे, शुक्रबार, चैत ९, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्