Kathmandu Press

प्रचण्ड र ओलीबीच सिंहदरबारमा भेटवार्ता

केन्द्रमा बनेकाे नयाँ गठबन्धनअनुसार माओवादी केन्द्र र एमालेबीच प्रदेश सरकारको नेतृत्व बाँडफाँटका विषयमा टुंगाे लगाउन भेटवार्ता भएकाे बताइएकाे छ।
प्रचण्ड र ओलीबीच सिंहदरबारमा भेटवार्ता
Hardik ivf

काठमाडौं, चैत ९ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा उनीहरूबीच छलफल भइरहेको छ। केन्द्रमा बनेकाे नयाँ गठबन्धनअनुसार माओवादी केन्द्र र एमालेबीच प्रदेश सरकारको नेतृत्व बाँडफाँटका विषयमा टुंगाे लगाउन भेटवार्ता भएकाे बताइएकाे छ।

भेटमा अन्य विभिन्न विषयका साथै राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ। नयाँ गठबन्धन सुरू भएपछि प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच भेटघाट बाक्लिएको छ।

प्रकाशित मिति: १४:१४ बजे, शुक्रबार, चैत ९, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्