Kathmandu Press

‘महाजात्रा’बारे ओली लेख्छन्- समय मिले म पनि हेर्छु

टिजर र ट्रेलर सार्वजनिक भएयता यो चलचित्रबारे विभिन्न प्रतिक्रिया आइरहेका बेला रिलिजकै दिन पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समय मिले चलचित्र हेर्ने बताएका छन्। 
‘महाजात्रा’बारे ओली लेख्छन्- समय मिले म पनि हेर्छु

काठमाडाैं, चैत ९ : चलचित्र ‘महाजात्रा’ आजबाट देशविदेशसम्म रिलिज भएको छ। षट्कोण आर्ट्सले निर्माण गरेको यो फिल्मले सुस्ताइरहेको नेपाली चलचित्र जगतलाई तरंगित बनाउने आशा गरिएको छ।

टिजर र ट्रेलर सार्वजनिक भएयता यो चलचित्रबारे विभिन्न प्रतिक्रिया आइरहेका बेला रिलिजकै दिन पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समय मिले चलचित्र हेर्ने बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत त्यस्तो बताएका हुन्।

Hardik ivf

‘हरिवंश आचार्य मलाई मन पर्ने कलाकार हुनुहुन्छ। आजदेखि उहाँको महाजात्रा चलचित्रको प्रदर्शन सुरू हुने रैछ। अघि सामाजिक सञ्जालमा पोष्टर हेरेंं,’ उनले फेसबुकमा लेखेका छन्, ‘यो फिल्ममा पछिल्लो पटक धेरैले प्रशंसा गरेका डाइरेक्टर प्रदीप भट्टराईको कला र अत्यन्तै राम्रो अभिनय भएका अभिनेता विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, राजाराम पौडेल र अभिनेत्री वर्षा राउतको अभिनय एकै पटक हेर्न पाइने रहेछ। समय मिलेमा म पनि हेर्छु।’

‘जात्रा’ र ‘जात्रै जात्रा’ को तेस्रो भाग ‘महाजात्रा’लाई देशभरिका हलहरूले पनि राम्रो सो दिएका छन्। विदेशका ४० देशका २५० सहरमा आजै यो चलचित्र प्रदर्शन हुँदैछ।
 

प्रकाशित मिति: १२:५८ बजे, शुक्रबार, चैत ९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्