Kathmandu Press

एकीकृत समाजवादीको सचिवालय बैठक आइतबार

बैठकमा राजनीतिक, समाजवादी कार्यक्रम, साङ्गठनिक र विधान प्रतिवदेनलाई सचिवालयले अनुमोदन गरेपछि दस्तावेजमा समावेश गरिने पार्टी उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए। 
एकीकृत समाजवादीको सचिवालय बैठक आइतबार

काठमाडौं, चैत ९ : नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले यही चैत ११ गते आइतबार महाधिवेशन दस्तावेज लेखन समिति र सचिवालयको संयुक्त बैठक आह्वान गरेको छ।

बैठकमा राजनीतिक, समाजवादी कार्यक्रम, साङ्गठनिक र विधान प्रतिवदेनलाई सचिवालयले अनुमोदन गरेपछि दस्तावेजमा समावेश गरिने पार्टी उपमहासचिव  जगन्नाथ खतिवडाले जानकारी दिए। 

Hardik ivf

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा २७ सदस्यीय दस्तावेज लेखन समिति गठन भएको छ। बैठकमा पार्टीको आसन्न महाधिवेशनका लागि मूल व्यवस्थापन कमिटी तथा अन्य कमिटीबाट भएका कामको समीक्षा हुनेछ।

सचिवालय बैठकले आगामी वैशाखमा इलाम र बझाङमा हुने उपनिर्वाचनमा पार्टी मातहतका प्रदेश, जिल्ला र सम्बन्धित निर्वाचन कमिटीबाट  सिफारिस भएका नाममा  छलफल पनि गर्ने प्रचारविभाग प्रमुख खतिवडाले बताए। 
 

आगामी जेठ देखि ७ गतेसम्म काठमाडौँमा आयोजना हुने राष्ट्रिय महाधिवेशनका लागि पार्टीले अध्यक्ष नेपालको संयोजकत्वमा १०औँ महाधिवेशन मूल व्यवस्थापन कमिटी तथा अन्य १२ कमिटी गठन गरिसकेको छ। 

प्रकाशित मिति: १२:४२ बजे, शुक्रबार, चैत ९, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्