Kathmandu Press

तोलामा एक हजार तीन सयले घट्यो सुन

बिहीबार छापावाल सुन प्रतितोला रु एक लाख २७ हजार आठ सयले कारोबार भएको थियो। आज एक लाख २६ हजार पाँच सय मूल्य कायम गरिएको छ।
तोलामा एक हजार तीन सयले घट्यो सुन

काठमाडौं, चैत ९ : बजारमा सुनको मूल्य आज घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला रु एक हजार तीन सयले घटेको हो।

बिहीबार छापावाल सुन प्रतितोला रु. एक लाख २७ हजार आठ सयले कारोबार भएको थियो। आज एक लाख २६ हजार पाँच सय मूल्य कायम गरिएको छ।

यस्तै तेजाबी सुन बिहीबार प्रतितोला रु एक लाख २७ हजार दुई सयमा कारोबार भएकोमा आज रु एक लाख २५ हजार नौ सय मूल्य कायम गरिएको हो।

चाँदीको मूल्य पनि घटेको छ। बिहीबार प्रतितोला रु एक हजार पाँच सय ५५ मा कारोबार भएकोमा आज प्रतितोला रु एक हजार पाँच सय कायम गरिएको छ।

प्रकाशित मिति: १२:३९ बजे, शुक्रबार, चैत ९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्