Kathmandu Press

संसद्को बाँकी अवधिसम्मै गठबन्धनले मिलेर काम गर्छः उपप्रधानमन्त्री महासेठ

उनले प्रधानमन्त्री दाहालले भौतिक पूर्वाधारको विकासलाई उच्च प्राथमिकतामा राखेर काम गर्नु निर्देशन दिनुभएकाले आफू त्यसमा कटिबद्ध भएर लाग्नेसमेत बताए।
संसद्को बाँकी अवधिसम्मै गठबन्धनले मिलेर काम गर्छः उपप्रधानमन्त्री महासेठ

जनकपुरधाम, चैत ९ : उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले संसद्को बाँकी अवधिसम्म वर्तमान गठबन्धनले मिलेरै काम गर्ने बताएका छन्।

जनकपुरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री महासेठले प्रतिपक्षमा रहेका दलहरूसहितको सहकार्यमा वर्तमान गठबन्धन सरकारले देश विकासका लागि प्रतिबद्ध भएर काम गर्ने बताए।

Hardik ivf

एमालेले चार वर्ष तीन महिनापछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको नेतृत्व गर्न पाएको भन्दै उनले प्रधानमन्त्री दाहालले भौतिक पूर्वाधारको विकासलाई उच्च प्राथमिकतामा राखेर काम गर्नु निर्देशन दिनुभएकाले आफू त्यसमा कटिबद्ध भएर लाग्नेसमेत बताए।

'भौतिक पूर्वाधारको विकासविना देश समृद्धितर्फ जानसक्दैन । त्यसैले सरकारको पहिलो लक्ष्य नै भौतिक पूर्वाधारसँग सम्बन्धित विषयहरूमा काम गर्नु हो । त्यसर्थ हुलाकी सडकदेखि पूर्वपश्चिम महेन्द्र राजमार्गको स्तरोन्नति र अन्य मार्ग, पुलपुलेसा तथा सडक समयमै बनाउन हामी लाग्छौँ,' उपप्रधानमन्त्री महासेठले भने।

त्यसैगरी धनुषामा अधुरा रहेका सडक, पुल पुलेसा र अन्य विकास निर्माणका काम आफ्नै पालामा सम्पन्न गर्नेगरी काम गर्ने पनि महासेठको भनाइ थियो।

एमाले—कांग्रेसबीच सहकार्यका विषयमा सञ्चारकर्मीहरूले राखेको जिज्ञासामा महासेठले वर्तमान सरकारले बाँकी अवधिसम्म सहकार्य गर्ने र प्रतिपक्षमा रहेको नेपाली कांग्रेससँग पनि सहकार्यको भावनाका साथ अगाडि बढ्ने बताए।

'यो सरकार बाँकी अवधिसम्म चल्छ । प्रमुख प्रतिपक्षी भन्नुको अर्थ कांग्रेस ‘वेटिङ गभर्मेन्ट’ समेत भएकाले उसँग प्रतिपक्षमा होस् वा सरकारमा जहाँ भए पनि सहकार्य त हुन्छ नै, जो अहिले भइरहेको छ,' महासेठले भने।

उनले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेका विषयमा कांग्रेसले उठाएको प्रश्न आफ्नो कित्तामा नउभिएपछिको अवस्था भएको प्रतिक्रिया दिए । महासेठले सो विषय छलफल र अनुसन्धानकै अवस्थामा रहेकाले दोषी देखिए कसैले पनि सरकारमा बस्न नसक्ने बताए।

प्रकाशित मिति: ०७:२९ बजे, शुक्रबार, चैत ९, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्