Kathmandu Press

नेपाल पर्यटन बोर्डको कामलाई थप नतिजामुखी बनाउन पर्यटनमन्त्रीद्वारा निर्देशन

पर्यटन विकासका लागि अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन रणनीति अनुुरुप क्रमशः काम गर्दै अघि बढ्ने उल्लेख गर्दै मन्त्री तामाङले मन्त्रालयले रचनात्मक कार्यका लागि सरोकारवालासबैसँग सहकार्य गरेरै अघि बढ्ने बताए।
नेपाल पर्यटन बोर्डको कामलाई थप नतिजामुखी बनाउन पर्यटनमन्त्रीद्वारा निर्देशन
फाइल तस्बिर।

काठमाडौं, चैत ९ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले पर्यटन क्षेत्रको विकासको लागि आवश्यक नीतिगत सुधार गर्न मन्त्रालय तयार रहेको बताएका छन्।

नेपाल पर्यटन बोर्डद्वारा आज आयोजित कार्यक्रममा उनले मन्त्रालय र मातहत निकायका कामलाई नतिजामुखी बनाउन लागिपर्ने विश्वास व्यक्त गरे।

Hardik ivf

पर्यटनमन्त्री तामाङले बोर्डलाई प्रभावकारी ढङ्गले पर्यटन प्रवद्र्धनका कार्य गर्न आग्रह गरे। पर्यटन विकासका लागि अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन रणनीति अनुुरुप क्रमशः काम गर्दै अघि बढ्ने उल्लेख गर्दै मन्त्री तामाङले मन्त्रालयले रचनात्मक कार्यका लागि सरोकारवालासबैसँग सहकार्य गरेरै अघि बढ्ने बताए।

'केही नीतिगत कुरा रहेका छन् त्यसलाई क्रमशः सुधार गर्दै लगिनेछ। रिक्त रहेका बोर्ड सदस्य नियुक्तिदेखि कार्यकारी प्रमुखको छनोट लगायतका सबै काम प्रक्रियामा छन्। अब यी सबै काम छिट्टै टुङ्गिन्छन्,' उनले भने।

पर्यटन मन्त्रालयका सचिव डा दीपक काफ्लले बोर्डको विगत गौरवपूर्ण रहेको चर्चा गर्दै पर्यटन प्रर्वद्धनका लागि बोर्डलाई थप चलायमान बनाउन जरुरी रहेको बताए।

उनले सबैले आ–आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दा संस्थागत उद्देश्य तथा लक्ष्य हासिल गर्न सकिने बताए।

नवनियुक्त पर्यटनमन्त्री तामाङ्लाई पर्यटन मन्त्रालयका सचिव तथा बोर्डका अध्यक्ष डा दीपक काफ्ले तथा बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मत सिंह ऐरले स्वागत गरे।

प्रकाशित मिति: ०७:११ बजे, शुक्रबार, चैत ९, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्