Kathmandu Press

मनसराको टिजर सार्वजनिक

टिजरमा मिरुनाको छोरालाई प्रवीणले स्कुल पु¥याउने गरेको र प्रवीण मिरुनासँग नजिक हुन खोजेको देखाइएको छ।
मनसराको टिजर सार्वजनिक

काठमाडौं, चैत ८ : आगामी वैशाख २१ गतेबाट रिलिज हुने फिल्म ‘मनसरा’को टिजर सार्वजनिक भएको छ । टिजरमा फिल्मका प्रमुख कलाकारहरु दयाहाङ राई, मिरुना मगर, प्रवीण खतिवडा र मेनुका प्रधान फिचर्ड छन्।

टिजरमा प्रवीणले मिरुनालाई बढी ध्यान दिँदा पत्नी मेनुका प्रधानको शंकालु भावलाई देखाइएको छ। टिजरमा मिरुनाको छोरालाई प्रवीणले स्कुल पु¥याउने गरेको र प्रवीण मिरुनासँग नजिक हुन खोजेको देखाइएको छ।

Hardik ivf

लेखक तथा निर्देशक उपेन्द्र सुब्बा निर्देशित फिल्ममा दया, मिरुना, प्रवीण तथा मेनुकासँगै हेमन्त बुढाथोकी शान्ति गिरी, नेनहान राईको पनि अभिनय छ।

फिल्ममा छायाकार शैलेन्द्रध्वज कार्की निर्माता छन् भने विष्णकुमार लिम्बू, मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ र जीवन लिम्बू थाक्लुङ सह–निर्माता छन् । फिल्म ‘जारी’ पछि ‘मनसरा’ उपेन्द्रको दोस्रो निर्देशकीय फिल्म हो।

फिल्ममा निमेश श्रेष्ठको सम्पादन, अर्जुन कार्कीको रंग संयोजन, श्रवलराज पाण्डेको साउण्ड डिजाइन, मानाहाङ लावती, मनिक शंखर र शुभम चाम्लिङ राईको संयुक्त कला निर्देशन छ।

सिजन दाहाल कार्यकारी निर्माता रहेको फिल्ममा किरण चाम्लिङ राई मुख्य सहायक निर्देशक छन् । एप्पल इन्टरटेन्मेन्ट कम्पनीले फिल्मको वितरण गर्नेछ।

प्रकाशित मिति: २०:४४ बजे, बिहीबार, चैत ८, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्