Kathmandu Press

राजनीति देश र जनताको समृद्धिमा केन्द्रित हुनुपर्छ : अध्यक्ष ओली

समाजको उन्नतिका लागि, प्रगतिका लागि, समानाता, शान्ति सुव्यवस्थाका लागि, स्वच्छताका लागि, पारदर्शिताका लागि र सम्मानका लागि राजनीति केन्द्रित हुनुपर्ने उनले बताए।
राजनीति देश र जनताको समृद्धिमा केन्द्रित हुनुपर्छ : अध्यक्ष ओली

काठमाडौं, चैत ८ : नेकपा एमालेका अध्यक्ष केपी ओलीले राजनीति देश र जनताको समृद्धिमा केन्द्रित हुनुपर्ने बताएका छन्।

ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा नेपाल उत्पीडित जातिय मुक्ति समाजले ५९औं अन्तर्राष्ट्रिय जातिभेद तथा रंगभेद उन्मूलन दिवसको अवसरमा आयोजित कार्यक्रमलाई गर्दै उनले राजनीतिको लागि लोकतान्त्रिक गणतन्त्र साधन मात्र रहेको उल्लेख गर्दै राजनीतिको गन्तव्य मानवजातिको सुख र समृद्धि भएको बताए।

Hardik ivf

अध्यक्ष ओलीले राजनीति सुदृढ अर्थतन्त्र र समृद्धिको माध्यम भएको धारणा राखे। समाजको उन्नतिका लागि, प्रगतिका लागि, समानाता, शान्ति सुव्यवस्थाका लागि, स्वच्छताका लागि, पारदर्शिताका लागि र सम्मानका लागि राजनीति केन्द्रित हुनुपर्ने उनले बताए।

उनले मानिस रङ्ग, जात र सम्पति, धर्म वा कुलिनको हिसाबले कोही जन्मँदै श्रेष्ठ वा नीच भन्ने नहुने बताए। उनले सबै मानिस जन्मँदा बराबर जन्मिन्छन् र स्वतन्त्र हुने उल्लेख गरे।

'जातका आधारमा, रंगका आधारमा, वर्ण तथा लिङ्गका आधारमा वा कुनै आधारमा मानिस ठूलो र सानो भन्ने हुँदैन। कर्मबाट जिम्मेवारीमा तलमाथि हुन सक्दछ। तर कोही ठूलो सानो भन्ने हुँदैन। छुतअछूत भन्ने कुरा हुँदैन,' उनले भने।

अध्यक्ष ओलीले एमाले कुनै एउटा भूगोल, धर्म, जात वा समुदाय विशेषको पार्टी नभएको स्पष्ट पारे। उनले कम्युनिष्ट आन्दोलन समानता र मानव स्वतन्त्रताको आन्दोलन भएको बताए।

ओलीले नेपाल कम्युनिष्ट पार्टीले दलित समुदायलाई नै सङ्गठित गरेर अघि बढाउँदा जातीय विभेद् अन्त्य गर्न सकिन्छ भनेर विसं २०४५ मा नै उत्पीडित जाति उत्थान मञ्च गठन गरेर जातीय विभेद् विरुद्धको आन्दोलन चलाएको बताए।

प्रकाशित मिति: २०:१४ बजे, बिहीबार, चैत ८, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्