Kathmandu Press

विश्वविख्यात ट्राभल्स एजेन्सी इन्टरपेडका अध्यक्ष काठमाडौंमा

नेपालमा पर्यटनको सम्भावनामा विषयमा यनले विभिन्न क्षेत्रका प्रतिनिधिहरुसँग अन्तरक्रिया गर्ने कार्यक्रम तय गरिएको छ।
विश्वविख्यात ट्राभल्स एजेन्सी इन्टरपेडका अध्यक्ष काठमाडौंमा

काठमाडौं, चैत ८ : विश्व विख्यात ट्राभल्स एजेन्सी इन्टरपेडका सहसंस्थापक तथा अध्यक्ष ड्यारेल वेड तीन दिने नेपाल भ्रमणका लागि बिहीबार अपराह्न काठमाडौं ओर्लिएका छन्।

नेपालमा पर्यटनको सम्भावनामा विषयमा यनले विभिन्न क्षेत्रका प्रतिनिधिहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रम तय गरिएको छ। ‘उहाँले नेपालमा पर्यटन प्रवद्धन गर्ने सकिने सम्भाव्यताका विषयमा विभिन्न सरोकारवालाहरुसँग भेटघाट तथा अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ’ इन्टरपेड नेपालमा महाप्रबन्धक आशिषा बर्माले भने, ‘उहाँले दक्षिण एसियाको भ्रमणका क्रममा भारत हुदै नेपाल आउनुभएको हो। उहाँको नेपाल भ्रमणले नेपालको पर्यटन विश्वमाझ अझै प्रवद्धन हुन्छ।’  

Hardik ivf

अष्ट्रेलियाको मेलबर्नमा मुख्यालय रहेको इन्टरपेडले विश्वका १५० देशमा विभिन्न पर्यटकीय क्षेत्रको भ्रमण गराउदै आएको छ। नेपाल लगायत २८ वटा मुलुकमा इन्टरपेडले कार्यालय स्थापना गरेर भ्रमण गराउँदै आएको छ। इन्टरपेड विश्वको सबैभन्दा धेरै पर्यटकलाई भ्रमण गराउने ट्राभल एजेन्सी मध्य एक हो।

२०२३ मा इन्टरपेडले २ लाख ५० जना पर्यटकलाई विभिन्न देशको भ्रमण गराएको थियो। नेपालमा पनि इन्टरपेड सगरमाथा आधार शिविर ट्रेक सबैभन्दा बढि गराउनेमा पर्छ।

इन्टरपेडले दिगोविकास र वातावरणमैत्री नीति लाई अनुसरण गर्दै भ्रमण प्याकेजहरु तयार गर्दै आएको छ। ‘इन्टरपेडले शून्य कार्बन उत्सर्गनको नीतिलाई अवलम्बन गर्दै सोही अनुसार आफ्नो टुर प्याकेजहरु बनाउने गरेको छ’, इन्टरपेडका नेपाल म्यानेजर बर्माले भने, ‘नेपालमा पनि भ्रमण गराउदा हामीले वातवारण मैत्री नीति अनुसार प्याकेज गतिविधिहरु बनाएका छौं।’

इन्टरपेड नेपालले आफ्ना सहसंस्थापकको नेपाल भ्रमणले विश्वमाँझ नेपालको पर्यटनको प्रवद्धन हुने बताएको छ। ‘विश्वका १ सय ५० देशमा टुप्याकेज गर्दै आएको इन्टरपेडका सहसंस्थापकको नेपाल भ्रमणले यहाँको पर्यटकीय क्षेत्रको प्रवद्धन विश्वमाझ हुने छ,’ बर्माले भने।

इन्टरपेडले नेपालमा ‘सगरमाथा नेक्स्ट’ नामक संस्था मार्फत यहाँको जीविकोपार्जन, वातावरण र दिगोविकासमा सामाजिक उत्तर दायित्व मार्फत सहयोग पनि गर्दै आएको छ। 

interpad-pr-1711023803.jpeg

प्रकाशित मिति: १८:१० बजे, बिहीबार, चैत ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्