Kathmandu Press

स्वास्थ्य अधिकृतको प्रवेश उमेर हद ४५ वर्ष कायम अन्तरिम आदेश

सर्वोच्चका न्यायाधीस सपना प्रधान मल्लको एकल इजलासले सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो।
स्वास्थ्य अधिकृतको प्रवेश उमेर हद ४५ वर्ष कायम अन्तरिम आदेश

काठमाडौं, चैत ८ : सर्वोच्च अदालतले विहीबार स्वास्थ्य सेवाको अधिकृतस्तरको कर्मचारीको सेवा प्रवेश उमेर हद ४५ वर्ष कायम गर्न सरकारलाई अन्तरिम आदेश दिएको छ।

सर्वोच्चका न्यायाधीस सपना प्रधान मल्लको एकल इजलासले सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो।

Hardik ivf

स्वास्थ्य सेवा ऐन २०५३ मा अधिकृतको प्रवेश उमेरहद ४५ वर्ष स्पष्ट रुपमा उल्लेख भए पनि पछिल्लो समय स्थानीय तह, प्रदेश सरकार र केही प्रतिष्ठानहरुले उम्मेदवारको उमेर हद ३५ वर्ष राखेर विज्ञापन गरिरहेको भन्दै सर्वोच्चमा रिट परेको थियो। 

स्वास्थ्य सेवा ऐन, २०५३ ले अधिकृतस्तरको सेवा प्रवेशको उमेरहद ४५ राखेको छ। स्वास्थ्य सेवा ऐन, २०५३ को दफा १२ मा स्वास्थ्यतर्फ अधिकृत तहको पदमा स्थायी नियुक्त हुन २१ वर्ष पूरा भएको र ४५ वर्ष ननाघेको हुनुपर्ने उल्लेख छ। सर्वोच्चले उक्त प्रकरणमा सरकारसँग लिखित जवाफ समेत मागेको छ। 
 

प्रकाशित मिति: १७:५३ बजे, बिहीबार, चैत ८, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्