Kathmandu Press

सिआइबीमा महराको बयान सकियो, पुनः अस्पतालमै भर्ना  

माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका बयान दिन थापाथलीस्थित नर्भिक अस्पतालबाट लैनचौरस्थित सीआईबी कार्यालय पुगेका थिए। महरा बयान सकेर पुनः नर्भिक अस्पतालमै  फर्किएका छन्।
सिआइबीमा महराको बयान सकियो, पुनः अस्पतालमै भर्ना  

काठमाडौं, चैत ८ : प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सुन तश्करीमा मुछिएका पूर्वसभामुख कृष्णबहादुर महरासँग बयान लिएको छ। 

माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका बयान दिन थापाथलीस्थित नर्भिक अस्पतालबाट लैनचौरस्थित सीआईबी कार्यालय पुगेका थिए। महरा बयान सकेर पुनः नर्भिक अस्पतालमै  फर्किएका छन्।

Hardik ivf

सिआइवीले महरासँगको बयान सकाएको छ। जिल्ला अदालतले महरालाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न सिआइवीलाई म्याद दिएको छ।

भेपमार्फत भएको ९ किलो सुन तस्करी प्रकरणमा सीआईबीले महराका छोरा राहुललाई पक्राउ गरेर मुद्दा चलाइसकेको छ। राहुल हाल पुर्पक्षमा थुनामा छन्। महरा पक्राउ परेलगत्तै विरामी भएका कारण अस्पताल भर्ना भएका थिए।  
 
प्रकाशित मिति: १६:५९ बजे, बिहीबार, चैत ८, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्