कर्मबाट जिम्मेवारीमा तलमाथि हुने भए पनि जन्मबाट कोही सानो-ठुलो हुँदैन : ओली
५९औं अन्तराष्ट्रिय जातिभेद तथा रंगभेद उन्मूलन दिवसका अवसरमा नेपाल उत्पीडित मुक्ति समाजले ललितपुरमा आयोजना गरेको कार्यक्रममा ओलीले मुलुकमा समानता, शान्ति, विकासका साथ समग्र समाजको उन्नतीका लागि राजनीतिलाई माध्यम बनाउनुपर्ने बताएका हुन्।---frame-at-2m15s-1711018198.jpg)
काठमाडाैं, चैत ८ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समाजको उन्नतिका लागि राजनीतिलाइ माध्यम बनाउनुपर्ने बताएका छन्।
५९औं अन्तराष्ट्रिय जातिभेद तथा रंगभेद उन्मूलन दिवसका अवसरमा नेपाल उत्पीडित मुक्ति समाजले ललितपुरमा आयोजना गरेको कार्यक्रममा ओलीले मुलुकमा समानता, शान्ति, विकासका साथ समग्र समाजको उन्नतीका लागि राजनीतिलाई माध्यम बनाउनुपर्ने बताएका हुन्।
सरकारबाट हट्नुपर्यो भनेर संसद अवरुद्ध गर्ने हल्ला गर्ने अवस्थाका लागि मात्रै लोकतन्त्र नल्याएको भन्दै उनले जनताका लागि वास्तविक लोकतन्त्रको अभ्यास गर्नुपर्ने धारणा राखे।
उनले समृद्ध नेपाल सुखी नेपालको अभियानमा अधिकारमात्रै नभई सुरक्षा र सम्मानलाई पनि जोडेको बताए। त्यस्तै ओलीले मुलुकमा जातीय भेदभाद अन्त्यको अभियान एमालेले सुरु गरेको र एमालेलै पहलमा संविधानमा ती विषयहरुलाई मौलिक हकमा राखिएको जिकिर गरे।
ओलीले कम्युनिष्ट आन्दोलन समानता र मानव स्वतन्त्रताको आन्दोलन भएको बताए। कर्मबाट जिम्मेवारीमा तलमाथि हुन सक्ने भए पनि जन्मबाट कोही सानो, ठुलो नहुने उनले स्पष्ट पारे। एमाले कुनै एउटा भूगोल, धर्म, जात वा समुदाय विशेषको पार्टी नभएको ओलीले स्पष्ट पारे।












