Kathmandu Press

सरकारी कार्यालय समय र बिदामा भत्ता दिने काम रोक्न अख्तियारको निर्देशन 

बैठक भत्तामा देखिएका विकृतिविरुद्ध अख्तियारमा उजुरी बढेपछि रोक्न निर्देशन दिइएको हो।
सरकारी कार्यालय समय र बिदामा भत्ता दिने काम रोक्न अख्तियारको निर्देशन 

काठमाडौं, चैत ८ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यालय समयभित्र सरकारी पदाधिकारी र कर्मचारीलाई भत्ता दिने काम रोक्न निर्देशन दिएको छ। 

सरकारी तथा सार्वजनिक निकायमा बिदा वा काजमा रहेको अवधिमा कार्यालयको बैठक वा अन्य निर्णय प्रकृयामा सहभागी हुने र बैठक भत्ता लिने कार्य भइरहेको बताउँदै पत्रमार्फत रोक्न सरकारका निकायलाई निर्देशन दिएको हो। आयोगले गत मंगलबार पठाएको निर्देसन विभिन्न मन्त्रालयहरुमा पुगेको छ। अख्तियारले यो व्यवस्था अनिवार्य रुपमा लागु गर्न भनेको छ।

Hardik ivf

बैठक भत्तामा देखिएका विकृतिविरुद्ध अख्तियारमा उजुरी बढेपछि रोक्न निर्देशन दिइएको हो। बिदा वा काजमा रहेका पदाधिकारी र कर्मचारीलाई बैठक वा अन्य निर्णय प्रक्रियामा सहभागी गराउने कार्य प्रचलित कानुनको बर्खिलाप अनियमित कार्य हुने भन्दै अख्तियारले सचेत समेत गराएको छ।

कार्यालय समयमा पनि विहान÷बेलुका समय उल्लेख गरी बैठक भत्ता लिने कार्य नगर्न नगराउन भनिएको छ। पत्रको बोधार्थ प्रधाममन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पनि दिइएको छ।
 

प्रकाशित मिति: १६:०३ बजे, बिहीबार, चैत ८, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्