Kathmandu Press

कर्णालीमा एमालेले पनि एकपटक नेतृत्वकाे मौका पाउनुपर्छ : महासचिव पोखरेल

एमालेको सुर्खेत जिल्ला कमिटीको नवौं अधिवेशनको बिहीबार उद्घाटन गर्दै उनले कर्णालीमा माओवादी बलियो भए पनि उसले मात्र सरकारको नेतृत्व गर्नसपर्ने मान्यता ठीक नभएको पनि उनले बताए।
कर्णालीमा एमालेले पनि एकपटक नेतृत्वकाे मौका पाउनुपर्छ : महासचिव पोखरेल

सुर्खेत, चैत ८ : एमाले महासचिव शंकर पोखरेलले कर्णाली प्रदेश सरकारको नेतृत्व एमालेले पाउनुपर्नेमा जाेड दिएका छन् ।

एमालेको सुर्खेत जिल्ला कमिटीको नवौं अधिवेशनको बिहीबार उद्घाटन गर्दै उनले कर्णालीमा माओवादी बलियो भए पनि उसले मात्र सरकारको नेतृत्व गर्नसपर्ने मान्यता ठीक नभएको पनि उनले बताए।

Hardik ivf

कर्णालीमा अहिलेसम्म सरकारको नेतृत्व गर्ने अवसर नपाएकाले यसपटक एमालेले नै पाउनुपर्नेमा उनले जाेड दिए।सहकार्यलाई अगाडि बढाउने सन्दर्भमा कर्णालीमा माओवादीले उदारता देखाउनुपर्ने महासचिव पोखरेलकाे भनाइ थियाे।

‘कर्णालीमा एमालेका नेताकार्यकर्ताले पनि एक पटक नेतृत्व गर्ने मौका पाउनुपर्छ भन्ने कुरालाई माओवादीका साथीहरूले हार्दिकतापूर्ण तरिकाले स्वीकार्नुपर्छ,’ उनले भने। मधेस र कर्णालीमा उमाले परीक्षण हुन बाँकी रहेको पनि उनले बताए। उनले प्रदेश सरकारको नेतृत्वका लागि नेताहरू केन्द्रमा धाउन आवश्यक नरहेको पनि स्पष्ट पारे।

प्रकाशित मिति: १५:३७ बजे, बिहीबार, चैत ८, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्