Kathmandu Press

युवाहरुमा पनि कोरोनाको संक्रमण उच्चनै रहेको विश्व स्वास्थ्य संगठनको ठहर

काठमाडौं, चैत ८ : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले युवाहरूमा पनि कोरोनाभाइरस सङ्क्रमणको जोखिम उच्चनै रहेको जनाएको छ। 

डब्ल्यूएचओका....

युवाहरुमा पनि कोरोनाको संक्रमण उच्चनै रहेको विश्व स्वास्थ्य संगठनको ठहर

काठमाडौं, चैत ८ : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले युवाहरूमा पनि कोरोनाभाइरस सङ्क्रमणको जोखिम उच्चनै रहेको जनाएको छ। 

डब्ल्यूएचओका प्रमुख डा। टेड्रोस एड्हानोम गेहब्रेयससले युवाहरुलाई वृद्ध र बढी खतरामा रहेका मानिसहरूसँग भेटघाट र कुराकानी नगर्न पनि सुझाव दिएको छ। 

युवाहरूको व्यवहार अन्य व्यक्तिको लागि जीवन र मरणबीचको फरक हुनसक्ने डब्ल्यूएचओले जनाएको छ। कोरोनाभाइरसबाट युवाहरूलाई जोखिम कम भएको विवरण आएपछि धेरै देशहरूका युवाहरूले स्वास्थ्य सुझाव पालना नगरेपछि डब्ल्यूएचओले यस्तो सुझाव दिएको हो। 

संसारभर कोभिड १९ का कारण शनिबार विहानसम्म ११ हजार ४ सय १४ जनाले ज्यान गुमाइसकेका छन्। एको छ भने २ लाख  ७६ हजार ४ सय ७२ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भइसकेको छ।

कोरोनाभाइरस सङ्क्रमण चीनबाट सन् २०१९ को डिसेम्बरमा शुरू भएपनि अहिले युरोप यसको केन्द्रविन्दु बनेको छ। सबैभन्दा धेरै मानिसको ज्यान इटलीमा गएको छ जहाँ शनिबारसम्म ४ जहार ३२ जनाको मृत्यु भइसकेको छ।

नेपालले पनि अत्यावश्यकबाहेक सबै सेवा चैत ९ गतेदेखि २१ गतेसम्म रोक्ने, सबै अन्तर्राष्ट्रिय उडानहरू चैत्र ९ देखि १८ गतेसम्म स्थगित गर्ने घोषणा गरेको छ । त्यस्तै लामो दूरीका यात्रुवाहक बसलाई चैत १० गतेदेखि केही अवधिका लागि रोक लगाइने पनि सरकारले घोषणा गरेको छ। 

के युवा जोखिममुक्त छन् ?

अध्ययनहरूले सबै उमेरका मानिसहरूलाई यो भाइरसको सङ्क्रमण हुनसक्ने देखाएको छ। तर वृद्धवृद्धा र अन्य स्वास्थ्य समस्या भएका व्यक्तिहरूमा यो सबैभन्दा घातक देखिएको छ । इटलीमा कोभिड १९ बाट मृत्यु हुनेको औसत उमेर ७८.५ रहेको छ। न्यूयोर्क टाइम्सले लेखे अनुसार चीनमा ५० वर्षभन्दा कम उमेरका व्यक्तिको मृत्युदर एक प्रतिशतभन्दा कम छ।

तर ८० वर्ष उमेर नाघेका १५ प्रतिशत मानिसमा यो घातक रोगको संक्रमणमा छन्। रोयटर्सका अनुसार डब्ल्यूएचओले यसको सङ्क्रमण रोक्न सामाजिक दूरीभन्दा पनि शारीरिक दूरी राख्नुपर्ने नयाँ सुझाव दिन थालेको छ।

प्रकाशित मिति: १२:१९ बजे, शनिबार, चैत ८, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्