Kathmandu Press

बैंक तथा वित्तीय संस्था ऐन संशोधन विधेयक संसदमा दर्ता

बैंक तथा वित्तीय संस्था ऐन संशोधन विधेयक संसदमा दर्ता

काठमाडौं, चैत ८ : अर्थमन्त्री वर्षमान पुनले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभामा दर्ता गरेका छन्।

संविधानबमोजिम तीनवटै तहका सरकारको वित्तीय अधिकारलाई व्यवस्थित रुपमा कार्यान्वयन गर्न प्रचलित ऐन संशोधन गर्न लागिएको बताइएकाे छ।

गत माघ २५ मा बसेको मन्त्रिपरिषदको बैठकले अर्थ मन्त्रालयलाई यो विधेयक संसदमा पेस गर्न स्वीकृति दिएको थियो।

प्रकाशित मिति: १४:४७ बजे, बिहीबार, चैत ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्