सभामुख घिमिरे र राष्ट्रियसभा अध्यक्ष दाहालबीच भेटवार्ता
फागुन २९ गते सत्ता गठबन्धनका तर्फबाट राष्ट्रियसभा अध्यक्षमा निर्वाचित भएपछि दाहालले पहिलाेपटक सभामुख घिमिरेसँग भेटवार्ता गरेका हुन्।
काठमाडौं, चैत ८ : प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका नवनिर्वाचित अध्यक्ष नारायण दाहालबीच बिहीबार संसद् सचिवालयमा आज भेटवार्ता भएको छ।
फागुन २९ गते सत्ता गठबन्धनका तर्फबाट राष्ट्रियसभा अध्यक्षमा निर्वाचित भएपछि दाहालले पहिलाेपटक सभामुख घिमिरेसँग भेटवार्ता गरेका हुन्।
उक्त भेटका क्रममा दुवै सदनलाई प्रभावकारी बनाएर लैजानेलगायत समसामयिक विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ।
प्रकाशित मिति: १४:४६ बजे, बिहीबार, चैत ८, २०८०
थप समाचार






