गृहमन्त्री लामिछानेविरुद्ध संसदीय समितिमा सहकारी ठगीको उजुरी
पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पीडितहरुले आफ्नो बचत गरिएको रकम फिर्ता गर्ने व्यवस्था मिलाइदिन माग गर्दै समितिमा निवेदन दिएका हुन्।
काठमाडौं, चैत ८ : गृहमन्त्री रवि लामिछानेविरुद्ध सहकारी ठगीको बिषयम संसद्को राज्यव्यवस्था तथा सुशासन समितिमा उजुरी परेको छ।
पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पीडितहरुले आफ्नो बचत गरिएको रकम फिर्ता गर्ने व्यवस्था मिलाइदिन माग गर्दै समितिमा निवेदन दिएका हुन्।
लामिछाने संलग्न रहेको सूर्यदर्शन सहकारीेले कास्कीमा मात्रै १९ हजार बचतकर्ताहरुको १ अर्ब ३५ करोड ५३ लाख रुपैयाँ हिनामिना गरेको आरोप छ। सहकारीका अध्यक्ष गितेन्द्र बाबु (जिबी) राई सहित १९ जनाविरूद्ध गत भदौ २५ गते पक्राउ पुर्जी जारी भइसकेको छ।
सूर्यदर्शन सहकारी पीडितहरुले लामिछानेलाई पक्राउ गरी छानबिन हुनुपर्ने मागसहित कास्की प्रहरीमा पुरक जाहेरी समेत दिएका छन्। स्थानिय सर्वसाधारण ठगिएको भन्दै यतिबेला सिडिओ र प्रहरी कार्यालयमा दिनहुँ धाइरहेका छन्।
पीडितको जाहेरीमाथि काश्की प्रहरीले छानबिन गरिरहेको छ।






