Kathmandu Press

उम्मेदवार सार्वजनिक गर्न रवि लामिछाने इलाम जाने

‘सभापतिज्यु इलाम आएर उम्मेद्वारको नाम सार्वजनिक गर्ने र निर्वाचन कार्यालयमा गएर मनोनयन दर्ता गर्ने कार्यक्रम तय भएको छ,’ रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले भने।
उम्मेदवार सार्वजनिक गर्न रवि लामिछाने इलाम जाने

काठमाडाैं, चैत ८ : वैशाख १५ गते हुने इलाम २ को उपनिर्वाचनका लागि राजनीतिक दलहरुले धमाधम उम्मेदवार सिफारिस गरिरहेका छन्।

यसै सिलसिलामा चैत १७ गते उम्मेदवाको नाम सार्वजनिक कार्यक्रमका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने स्वयम इलाम जाने भएका छन्। 

Hardik ivf

‘सभापतिज्यु इलाम आएर उम्मेद्वारको नाम सार्वजनिक गर्ने र निर्वाचन कार्यालयमा गएर मनोनयन दर्ता गर्ने कार्यक्रम तय भएको छ,’ रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले भने, ‘सभापतिज्युले पार्टीका शुभचिन्तक, कार्यकर्ता, व्यवसायी र पत्रकारहरुसँग भेटघाट गर्नुहुन्छ, सभा गर्ने भन्ने तयारी हालसम्म चाहिँछैन ।’

निर्वाचन आयोगले उपनिर्वाचनको कार्यक्रम तालिका सार्वजनिक गर्दै चैत १४ देखि चैत २४ गतेसम्म उम्मेद्वारको मनोनयन दर्ताको समय तोकेको छ । रास्वपाले चैत ६ गते देखि चैत १४ गते दिउँसो १ बजेसम्म इलाम २ मा उम्मेदवारको आकांक्षीका लागि आवेदन माग गरेको छ ।

प्रकाशित मिति: १३:५३ बजे, बिहीबार, चैत ८, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्