भलिबल च्याम्पियसिप : महिलातर्फको उपाधिका लागि एभरेष्ट र पुलिस भिड्ने
बिहीबार भएको सेमिफाइनलमा न्यु डायमण्ड महिला टिमलाई पराजित गर्दै एभरेष्ट र एपिएफलाई हराउँदै पुलिस फाइनलमा प्रवेश गरेको हो।
काठमाडाैं, चैत ८ : आठौं आरबीबी एनभिए भलिबल च्याम्पियसपको महिलातर्फको उपाधिका लागि एभरेष्ट भलिबल क्लब र साविक विजेता नेपाल पुलिस क्लबबीच प्रतिष्पर्धा हुने भएको छ।
बिहीबार भएको सेमिफाइनलमा न्यु डायमण्ड महिला टिमलाई पराजित गर्दै एभरेष्ट र एपिएफलाई हराउँदै पुलिस फाइनलमा प्रवेश गरेको हो।
त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा बिहीबार एभरेष्टले न्यु डायमण्ड महिला टिमलाई बिहीबार ३–० को सोझो सेटमा पराजित गर्यो। एभरेष्टले न्यु डायमण्डलाई २५–२०,२५–१२, २५– १८ ले पराजित गरेको हो। त्यस्तै बिहीबार नै भएको पहिलो सेमिफाइनलमा पुलिस क्लबले एपिएफलाइ ३–१ को सेटमा पराजित गर्यो। पुलिसले एपिएफलाई २७–२५,२५–२२,२५–१७ ले हराएको हो। फाइनल खेल शनिबार हुनेछ।
नेपाल भलिबल संघको आयोजना जारी प्रतियोगितामा महिलातर्फ ७ र पुरुषतर्फ १३ टोलीको सहभागिता छ। दुवैतर्फको विजेता टोलीले ५ लाख, दोस्रो टोलीले २ लाख र तेस्रो टोलीले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्ने संघले जनाएको छ।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










