Kathmandu Press

शाखा अधिकृत कार्कीविरुद्ध ‘अकुत’ सम्पत्ति आर्जनको अभियोग 

शर्माकी पत्नी देवका अधिकारीलाई समेत प्रतिवादी कायम गर्दै अवैध सम्पत्ति जफत, त्यति नै बराबर जरिवाना र जेल सजायके माग गरिएको छ। 
शाखा अधिकृत कार्कीविरुद्ध ‘अकुत’ सम्पत्ति आर्जनको अभियोग 
Hardik ivf

काठमाडौं, चैत ८ : सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गराई गैरकानुनी रूपमा सम्पत्ति आर्जन गर्दै भ्रष्टाचार गरेको अभियोगसहित उपत्यका विकास प्राधिकरणका शाखा अधिकृत यामकुमार कार्कीविरुद्ध अदालतमा मुद्दा दायर भएको छ। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानविनछि गैर कानुनी सम्पत्ति आर्जन (अकुत) मुद्दा दायर गरिएको हो।कार्कीले पदीय मर्यादा विपरीत सरकारी जग्गालाई व्यक्तिको नाममा दर्ता गराई गैर कानुनी रूपमा सम्पत्ति आर्जन गरेको भन्दै अख्तियारमा परेको उजुरीका आधारमा मुद्दा दायर भएको हो। कार्कीको ३ करोड २१ लाख ३२ हजार ९ सय ५६ रुपैयाँ ७५ पैसा बराबरसम्पत्ति अवैधानिक देखिएको दाबी अख्तियारको छ। 

शर्माकी पत्नी देवका अधिकारीलाई समेत प्रतिवादी कायम गर्दै अवैध सम्पत्ति जफत, त्यति नै बराबर जरिवाना र जेल सजायके माग गरिएको छ। 
 
प्रकाशित मिति: १३:५० बजे, बिहीबार, चैत ८, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्