Kathmandu Press

माओवादी केन्द्रीय सदस्य शर्माले गरे पार्टी परित्याग 

नेता शर्माले पार्टीमा गुटगत राजनीति मौलाएको, कार्यविभाजनमा पार्टी केन्द्रले आफू निकटलाई मात्रै जिम्मेवारी दिएको, पार्टीमा गुनासा र सुझावहरुको सुनुवाई हुन छाडेको, गलत प्रवृत्ति हाबी भएकोलगायत असन्तुष्टि पोखेका छन्।
माओवादी केन्द्रीय सदस्य शर्माले गरे पार्टी परित्याग 

काठमाडौं, चैत ८ : नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामकुमार शर्माले पार्टी परित्याग गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका छन्। 

नेता शर्माले पार्टीमा गुटगत राजनीति मौलाएको, कार्यविभाजनमा पार्टी केन्द्रले आफू निकटलाई मात्रै जिम्मेवारी दिएको, पार्टीमा गुनासा र सुझावहरुको सुनुवाई हुन छाडेको, गलत प्रवृत्ति हाबी भएकोलगायत असन्तुष्टि पोखेका छन्।

Hardik ivf

पार्टी नेताका गतिविधिबारे अध्यक्ष प्रचण्डसँग पटक–पटक रिपोर्टिङ गर्दा पनि सुनुवाइ नभएको भनाई समेत शर्माले राखेका छन्। 

शर्माले पार्टी केन्द्रीय सदस्यमा १५ वर्षदेखि काम गरिरहेको, तर पार्टीले कुनै जिम्मेवारी नदिएर नाम मात्रैको नेता बनाएको असन्तुष्टी समेत राखेका छन्।

मधेसमा जिम्मेवारी पाएर आउने हरेक नेताले गुटलाई मात्रै केन्द्रमा राख्ने गरेको र वास्तविक समस्यालाई सुन्नै नचाहेको उनको आरोप छ। 
 
प्रकाशित मिति: १३:४४ बजे, बिहीबार, चैत ८, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्