राष्ट्रिय योजना आयोगमा रिक्त चार सदस्य नियुक्त
यसअघि सदस्य रहेका डा.प्रभु बुढाथोकी, डा.आरपी बिच्छा, डा.अनिता शाह ढुंगाना र डा.जयकान्त राउतले राजीनामा दिएपछि रिक्त पदमा चार जनाको नियुक्ति भएको हो।-1703157594.jpg)
काठमाडौं, चैत ८ : मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगको रिक्त चार सदस्य पदमा नियुक्तिको निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को बैठकबाट काठमाडौंकी प्राध्यापक संगीता सिंह, जुम्लाका डा. कुसेन्द्रबहादुर महत, पाल्पाका शिवराज अधिकारी र ललितपुरका अरनिकोकुमार पाँडेलाई राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो।
यसअघि सदस्य रहेका डा.प्रभु बुढाथोकी, डा.आरपी बिच्छा, डा.अनिता शाह ढुंगाना र डा.जयकान्त राउतले राजीनामा दिएपछि रिक्त पदमा चार जनाको नियुक्ति भएको हो।
प्रकाशित मिति: १३:३९ बजे, बिहीबार, चैत ८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-1755255383.jpg)