Kathmandu Press

विश्वभर कोरोनाको महामारी, इटालीमा एकैदिन ६२७ जनाको मृत्यु

काठमाडौं, चैत्र ८ : हाल विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट इटालीमा शुक्रबार एकैदिन ६२७ जनाको मृत्यु भएको छ ।

यो सँगै ....

विश्वभर कोरोनाको महामारी, इटालीमा एकैदिन ६२७ जनाको मृत्यु

काठमाडौं, चैत्र ८ : हाल विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट इटालीमा शुक्रबार एकैदिन ६२७ जनाको मृत्यु भएको छ ।

यो सँगै इटालीमा कोरोना भाइरसको संक्रमणबाट ४ हजार ३२ जनाको मृत्यु भएको छ । यो महामारीबाट इटालीमै सबैभन्दा धेरैको ज्यान गएको हो । चीनमा यो भाइरसबाट ३२ सय ४८ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा चीनमा ३ जनाको मात्रै मृत्यु भएको छ ।

चीनले कोरोनाको महामारी आफ्नो देशमा सकिएको यसअघि नै बताइसकेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार स्पेनमा पनि भाइरसबाट एकै दिन २१२ जनाको मृत्यु भएको छ भने इरानमा १४९ जनाको मृत्यु भएको छ ।

स्पेन र इरानमा मृतको संख्या क्रमशः १ हजार ४३ र १४ सय ३३ पुगेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या विश्वभर ११ हजार १८६ जना पुगेको छ भने संक्रमितको संख्या २ लाख ६५ हजार ९७६ पुगेको छ । 

प्रकाशित मिति: ०८:५९ बजे, शनिबार, चैत ८, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्