Kathmandu Press

जातीय विभेदविरुद्ध शान्ति समाजको प्रदर्शन

‘सभ्यता र संविधान विपरित छुवाछुत र जातीय भेदभाव कहिलेसम्म’ भन्ने नारा सहित समाजले विहीबार काठमाडौं, चितवन, सुर्खेतलगायतका जिल्लामा प्रर्दशन गरेको जनाएको छ।
जातीय विभेदविरुद्ध शान्ति समाजको प्रदर्शन

काठमाडौं, चैत ८ : सामाजिक न्यायका लागि क्रियाशील मानव अधिकार तथा शान्ति समाजले छुवाछुत, भेदभावका घटनामा संलग्नहरुलाई दण्डीत गर्न जोड दिँदै विभिन्न जिल्लामा प्रदर्शन गरेको छ।

‘सभ्यता र संविधान विपरित छुवाछुत र जातीय भेदभाव कहिलेसम्म’ भन्ने नारा सहित समाजले विहीबार काठमाडौं, चितवन, सुर्खेतलगायतका जिल्लामा प्रर्दशन गरेको जनाएको छ।

Hardik ivf

जातीय विभेद उन्मुलनका लागि अन्तर्राष्ट्रिय दिवस २१ मार्चका सन्दर्भ पारेर बिहीबार   शान्ति समाज काठमाडांै शाखाले जोरपाटीमा, चितवन शाखाले भरतपुरमा प्रर्दशन गरेको समाजकी उपनिर्देशक सरिता पौडेलले जानकारी दिइन्।

सुर्खेत शाखाले भने वीरेन्द्रनगरमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो। यस्तै, पाल्पा, दाङ, नवलपुर लगायत शाखाहरुले विभिन्न सचेतनामूलक कार्यक्रम आयोजना गर्ने पौडेलले जानकारी गराइन्। 

सन् १९६० को मार्च २१ मा दक्षिण अफ्रिकाको सार्पभिलमा रंगभेदी कानून विरुद्ध आयोजित शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले गोली चलाउँदा ६९ जनाको मृत्यु भएको थियो। सो बर्बरताको विरोध र त्रासदीको स्मरण गर्दै विश्वभर आज जातीय विभेद उन्मुलनका लागि अन्तर्राष्ट्रिय दिवस विविध कार्यक्रमको आयोजना गरी मनाईंदैछ। 
 

प्रकाशित मिति: १३:१४ बजे, बिहीबार, चैत ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्