Kathmandu Press

सुनको मूल्य दुई हजार ६ सयले बढ्यो

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज प्रति तोला रु एक लाख २७ हजार आठ सय तोकिएको छ।
सुनको मूल्य दुई हजार ६ सयले बढ्यो

काठमाडौँ, चैत ८ : स्थानीय बजारमा छापावाल सुनको मूल्य प्रति तोला रु दुई हजार ६ सयका दरले वृद्धि भएको छ। बुधबार प्रति तोला सुन रु एक लाख २५ हजार दुई सयमा कारोबार भएको थियो। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज प्रति तोला रु एक लाख २७ हजार आठ सय तोकिएको छ।

यस्तै तेजाबी सुन बुधबार प्रति तोला रु एक लाख २४ हजार ६ सयमा कारोबार भएको थियो। आज तेजाबी सुनको मूल्य रु एक लाख २७ हजार दुई सय निर्धारण गरिएको छ।

त्यस्तै चाँदीको मूल्य प्रति तोलामा रु ३५ ले वृद्धि भएको छ। बुधबार प्रति तोला रु एक हजार पाँच सय २० मा कारोबार भएको चाँदीको मूल्य आज रु एक हजार पाँच सय ५५ निर्धारण गरिएको छ।

प्रकाशित मिति: १२:५४ बजे, बिहीबार, चैत ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्