Kathmandu Press

श्रमसचिव भण्डारीको राजीनामा स्वीकृत, चूडामणि पौडेल सचिवमा बढुवा

मन्त्रिपरिषद्को आजको बैठकले यस्ताे निर्णय गरेकाे सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्। 
श्रमसचिव भण्डारीको राजीनामा स्वीकृत, चूडामणि पौडेल सचिवमा बढुवा

काठमाडौँ, चैत ८ : सरकारले नेपाल प्रशासन सेवा समूहतर्फको राजपत्रांकित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा चुडामणि पौडेललाई बढुवा गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को आजको बैठकले यस्ताे निर्णय गरेकाे सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्। बैठकले मन्त्रिपरिषद बैठकले चैत ११ मा अवकाश हुन लागेका श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीको राजीनामा स्वीकृत गरेपछि नयाँ सचिव नियुक्तिको बाटो खुलेको हो।

Hardik ivf

मन्त्रिपरिषदकाे भदौ २३ गते बसेकाे बैठकले सहसचिव पौडेललाई सरकारले कर्णालीको कायममुकायम प्रमुख सचिव तोकेको थियो। उनी हालसम्म सोही पदमा कायम छन्।

बैठकले राष्ट्रिय योजना आयोगको रिक्त सदस्यमा नयाँ नियुक्ति गरेको छ। बैठकले प्रा. सङ्गीता सिंह (काठमाडौँ), डा. कुसेन्द्रबहादुर महत (जुम्ला), प्रा. शिवराज अधिकारी (पाल्पा) र डा. अरनिको पाण्डे (ललितपुर)लाई सदस्य पदमा नियुक्त गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा कोरियाका सात र नेपाली तीन जनालाई जुगल हिमाल आरोहणका लागि आवश्यक दस्तुर मिनाहा गर्ने निर्णय गरेको छ।

सिन्धुपाल्चोक जिल्लामा अवस्थित जुगल–१ र जुगल–२ हिमाल आरोहण गर्दा लाग्ने सलामी दस्तुर मिनाहा गर्ने निर्णय भएको मन्त्री शर्माले जानकारी दिइन्।

 

प्रकाशित मिति: १२:४२ बजे, बिहीबार, चैत ८, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्