Kathmandu Press

उपनिर्वाचनमा उम्मेदवार तय गर्न  गठबन्धनसँग छलफल गर्ने नेकपा एसकाे निर्णय

बैठकले इलाम २ मा प्रतिनिधि सभा सदस्य चयन र बझाङ १ मा प्रदेश सभा निर्वाचनका लागि पार्टीको प्रदेश, जिल्ला, क्षेत्रिय कमिटीहरुसंग राय सुझाव माग्ने र त्यसका आधारमा आवश्यक निर्णय लिने निष्कर्ष बैठकले निकालेको उनले बताए।
उपनिर्वाचनमा उम्मेदवार तय गर्न  गठबन्धनसँग छलफल गर्ने नेकपा एसकाे निर्णय

काठमाडाैं, चैत ७ : नेकपा एकीकृत समाजवादीले बैशाख १५ गते हुने उपनिर्वाचनमा उम्मेदवारको तय गर्न  गठबन्धन दलहरु संग छलफल गर्ने निर्णय गरेको छ। 

पार्टी कार्यालय आलोकनगरमा बुधबार बसेको समाजवादीको सचिवालय बैठकले गठबन्धन दलहरुसंग छलफल छलफल गरेर इलाम र बझाङको उपनिर्वाचनमा उम्मेदवारीका सन्दर्भमा पार्टीमा थप छलफल गर्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

Hardik ivf

बैठकले इलाम २ मा प्रतिनिधि सभा सदस्य चयन र बझाङ १ मा प्रदेश सभा निर्वाचनका लागि पार्टीको प्रदेश, जिल्ला, क्षेत्रिय कमिटीहरुसंग राय सुझाव माग्ने र त्यसका आधारमा आवश्यक निर्णय लिने निष्कर्ष बैठकले निकालेको उनले बताए।

यसैबीच नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले उपनिर्वाचनका लागि गठबन्धनले साझा उम्मेदवार बनाए आफुले सोच्न सक्ने बताएका छन्। पार्टी कार्यालयमा सञ्चारकमीसंग कुरा गर्दै खनालले यसअघिको चूनावमा इलामले फुर्सद दिएकाले अहिले पार्टी निर्माणका साथै राष्ट्रिय राजनीतिलाई दक्षिणपन्थी भड्काउबाट बामपन्थी एकतातर्फ ल्याउने काममा लागेको अवस्थामा उपनिर्वाचनका लागि गठबन्धनले साझा उम्मेदवार बनाए आफुले सोच्न सक्ने बताएका हुन्।

इलाम–२ मा एमालेबाट निर्वाचित सुवास नेम्वाङ र बझाङ १ मा नेपाली कांग्रेसबाट निर्वाचित पृथ्वीबहादुर सिंहको निधनपछि ती स्थानमा उपनिर्वाचन हुन लागेको हो ।   

प्रकाशित मिति: १७:५४ बजे, बुधबार, चैत ७, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्