Kathmandu Press

पत्रकार महासंघको महाधिवेशन वैशाख २१ र २२ लुम्बिनीमा 

महासंघ विधानले तोकेको अवधिभित्रै महाधिवेशन हुने भएको छ। महाधिवेशन गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा हुने भएको छ। विधानतः जिल्ला, प्रदेश र केन्द्रमा प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत महासंघ कार्यसमिति चयन हुने छ।
पत्रकार महासंघको महाधिवेशन वैशाख २१ र २२ लुम्बिनीमा 

काठमाडौं, चैत ७ : नेपाल पत्रकार महासंघको २७ औं महाधिवेशन आगामी वैशाख २१ र २२ गते तय भएको छ।  महासंघको बुधबार बसेको केन्द्रीय समितिको बैठकले विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३) अर्थात २०८१ साल वैशाख २१ र २२ गतेका लागि तय गरेको हो।

महासंघ विधानले तोकेको अवधिभित्रै महाधिवेशन हुने भएको छ। महाधिवेशन गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा हुने भएको छ। विधानतः जिल्ला, प्रदेश र केन्द्रमा प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत महासंघ कार्यसमिति चयन हुने छ।

Hardik ivf

बैठकले महासंघका सबै प्रदेशको अधिवेशन २०८१ वैशाख १ देखि १२ गतेसम्म सम्पन्न गर्ने निर्णय गरेको छ। त्यसअघि महासंघका सबै शाखा समिति, प्रतिष्ठान शाखा तथा एसोसिएट संस्थाको अधिवेशनका लागि महासंघले निर्देश गरेको छ। 

महासंघका अध्यक्ष विपुल पोख्रेलको अध्यक्षतामा बसेको बैठकले महासंघको २७ औँ महाधिवेशनको मिति तोकेको हो। बैठकपछि पत्रकार महासंघका महासचिव रोशन पुरीद्वारा जारी विज्ञप्तिमा महासंघका सबै प्रदेशको अधिवेशन वैशाख १ देखि १२ गतेसम्म सम्पन्न गर्ने निर्णय गरिएको बताइएको छ। त्यसअघि महासंघका सबै शाखा समिति, प्रतिष्ठान शाखा तथा एसोसिएट संस्थाको अधिवेशन गर्न निर्देशन दिइएको पुरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

अधिवेशन सम्पन्न गर्न महासंघबाट केन्द्रीय प्रतिनिधिको अनिवार्य सहभागिता हुनुपर्ने व्यवस्था गरिएको छ। महाधिवेशन तयारीका लागि अध्यक्ष विपुल पोख्रेल, वरिष्ठ उपाध्यक्ष रमेश विष्ट र महासचिव रोसन पुरी रहेको ‘स्टेरिङ समिति’ गठन गरिएको छ। उक्त  समितिले महाधिवेशनको सम्पूर्ण तयारीलगायत प्रदेश तथा शाखा समितिको अधिवेशन सम्पन्न गर्न आवश्यक समन्वय गर्नेछ।

यसैबीच महासंघ बैठकले महाधिवेशनको समन्वय गर्न १० वटै प्रदेशमा केन्द्रीय पदाधिकारीलाई प्रदेश संयोजकको जिम्मेवारी तोकेको छ। जसअनुसार कोशी प्रदेशमा उपाध्यक्ष बाला अधिकारी, मधेस प्रदेशमा सचिव दीपेन्द्र चौहान, वाग्मती प्रदेशमा सचिव सिर्जना अर्याल, गण्डकी प्रदेशमा लेखा संयोजक लेखनाथ न्यौपाने, लुम्बिनी प्रदेशमा उपाध्यक्ष उदय जिएम, कर्णाली प्रदेशमा कोषाध्यक्ष कलेन्द्र सेजुवाल, सुदूरपश्चिम प्रदेशमा सचिव हेमकर्ण विक, एसोसिएट प्रदेशमा सचिव पवन आचार्य, प्रतिष्ठान प्रदेशमा सचिव नारायण किलम्बु र उपत्यका प्रदेशमा सचिव गोविन्दप्रसाद चौलागाईंलाई जिम्मेवारी तोकिएको छ। 
 

प्रकाशित मिति: १७:२८ बजे, बुधबार, चैत ७, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्