भारतका २२ राज्यमा २५० जनालाई कोरोना संक्रमण
काठमाडौं, चैत ८ : छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमण एकै दिन शुक्रबार ४० जनामा देखिएको छ । योसँगै भारतमा कोरोना संक्रमण पुष्टि भएका बिरा....

काठमाडौं, चैत ८ : छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमण एकै दिन शुक्रबार ४० जनामा देखिएको छ । योसँगै भारतमा कोरोना संक्रमण पुष्टि भएका बिरामीहरुको संख्या २५० नाघेको छ।
२२ राज्यमा फैलिएको कोरोनाको संक्रमण सबैभन्दा बढि महराष्ट्रमा देखिएको छ । महाराष्ट्रका चार शहर मुम्बई, पुणे, नागपुर र पिंपरी चिंचवड तथा छत्तीसगढको राजधानी रायपुरलाई भारत सरकारले लकडाउन गरेको छ । दिल्ली र उत्तर प्रदेशमा पनि मानिसको भीड हुने सबै सपिङ मलहरु बन्द गरिएको छ।
संक्रमण फैलिँदै गएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार ‘जनता कर्फ्यू’ घोषणा गरेका छन् । घरबाट बाहिर कोही पनि ननिस्किएर ‘जनता कर्फ्यू’लाई सफल बनाउन उनले आह्वान गरेका छन्।
जनता कफ्र्यूको समयमा भारतभर २२ घण्टासम्म यात्रुवाहक रेल सन्चालन हुने छैनन् । एयरलाइन्स कम्पनीहरुले पनि ४० प्रतिशत उडान बन्द गर्ने निर्णय गरेका छन्।











