Kathmandu Press

प्रचण्डमाथि खनिँदै बाबुरामले भने- ठुला माछा संरक्षणका लागि सानालाई फसाइएको हुन सक्छ

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भट्टराईले पार्टीका केहि मान्छेहरु माओवादीमा गएको विषयलाई पुरै पार्टी नै माओवादीसंग एकता भएको भन्दै गलत प्रचार गरिएको बताएका हुन्।
प्रचण्डमाथि खनिँदै बाबुरामले भने- ठुला माछा संरक्षणका लागि सानालाई फसाइएको हुन सक्छ

काठमाडाैं, चैत ७ : नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादीसँग आफ्नो पार्टीले एकता गरेको भन्दै गलत प्रचार गरिएको बताएका छन्।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भट्टराईले पार्टीका केहि मान्छेहरु माओवादीमा गएको विषयलाई पुरै पार्टी नै माओवादीसंग एकता भएको भन्दै गलत प्रचार गरिएको बताएका हुन्।

Hardik ivf

राजनीतिक यात्रामा केही व्यक्तिहरु अर्को पार्टीमा जानु स्वाभाविक भए पनि माओवादी अध्यक्ष प्रचण्डको उपस्थितिमा केही व्यक्तिहरु माओवादीमा प्रवेश गरेको कुरालाई सिंगो पार्टी माओवादीमा मर्ज भयो भन्नुले आश्चर्यचकित तुल्याइएको उनले बताए। भट्टराईले माओवादीसंग सहकार्य गर्ने कुरा मात्रै भएको र सो पार्टीसंग पूर्ण रुपमा मर्ज हुने कुरा कहिल्यै नभएको दाबी गरे। अहिले आफुहरुसँग ७० प्रतिशत सदस्यसहितको बहुमत रहेको उनले बताए।

भट्टराईले माओवादीमा जान चाहेकाहरुलाई कारबाही नगर्ने बताएका छन्। 'मैले साथीहरुलाई पनि भनेको छु, तपाईंहरु जानुस्, तपाईंहरुको सांसद पद खोस्न मुद्दा मामिला गर्दैनौं’, उनले भने, ‘मैले त प्रचण्डजीलाई पनि म्यासेज पठाएको छु। उहाँहरुले मरिहत्ते गरेपछि भित्र्याउनुस्, किन यस्तो रडाको गरेको।’

भट्टराईले पूर्वसभामुख कृष्णबहादुर महराको पक्राउमाथि आशंका पनि गरेका छन्। ‘मलाई यतिबेला के सम्झना आउँछ भने पञ्चायतकालमा राजाकै एडिसी र तत्कालीन प्रहरी प्रमुख पनि समातिएका थिए,’ त्यसबेला पत्रकारितामा समेत रुची राख्ने आफूले राजेश्वर देवकोटालाई यसबारे के भन्नुहुन्छ भन्ने सोधेको भन्दै उनले भने, ‘उहाँले बााबु, आफूले पालेको खसी काट्नु कुन ठुलो कुरा भयो र भन्नुभयो। अहिले पनि आफैंले पालेको खसी काटेर चोखिन खोजेको त होइनन् भन्ने आशंका जनतामा छ।’

उनले साना माछा, ठूला माछा भन्ने पनि रहेको बताउँदै ठुला माछा संरक्षणका लागि साना माछा फसाइएको पनि हुन सक्ने बताए।

त्यस्तै भट्टराईले मुलुकलाई भ्रष्टाचारमुक्त बनाउन अधिकार सम्पन्न जनलोकपालको व्यवस्था गरेर सबैमाथि छानबिन गर्नुपर्नेमा जोड दिए। ‘कांग्रेस सरकारमा हुँदा कम्युनिष्टलाई भष्ट्रचारी भन्ने। कम्युनिष्ट सरकारमा हुँदा कांग्रेसलाई भ्रष्टचारी भन्ने अनि मिलेका बेला साखिल्य हुने प्रवृत्ति छ यसरी भ्रष्टाचार निवारण हुँदैन,’ उनले भने, ‘यसका लागि अधिकारसम्पन्न जनलोकपाल गठन गर्नुपर्छ। पूर्वप्रधानमन्त्रीदेखि सबैको छानबिन गर्न र कारबाही गर्न सक्ने शक्तिसम्पन्न जनलोकपाल हुनुपर्छ।’

त्यस्तै उनले मुलुकलाई स्थिरतातर्फ अघि बढाउने प्रत्यक्ष राष्ट्रपति र मुख्यमन्त्री, पूर्ण समानुपातिक निर्वाचन प्रणाली स्थापितका लागि निरन्तर आवाज उठाउने बताए।‘राजनीतिक स्थिरताबिना देशमा सुशासन हुँदैन। त्यसको निम्ति प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली र पूर्ण समानुपातिक संसदको व्यवस्था हुनैपर्छ,’ उनले भने।

प्रकाशित मिति: १७:१६ बजे, बुधबार, चैत ७, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्