Kathmandu Press

सबैभन्दा खुसी देश फिनल्यान्ड, नेपाल ९३औं स्थानमा (सूचीसहित)

चीन ६०औँ र भारत १२६औँ स्थानमा रहँदा इराक ९२औँ स्थानमा र कम खुसी लाओस ९४औँ स्थानमा छन्।
सबैभन्दा खुसी देश फिनल्यान्ड, नेपाल ९३औं स्थानमा (सूचीसहित)

काठमाडौं, चैत ७ : विश्वको सबैभन्दा खुसी देश फिनल्यान्ड बनेको छ। ‘वर्ल्ड ह्याप्पिनेस इन्डेक्स’अनुसार फिनल्यान्ड सबैभन्दा खुसी देश बनेको हो।

संयुक्त राष्ट्र संघीय एजेन्सीले बुधबारसार्वजनिक गरेको उक्त इन्डेक्सअनुसार फिनल्यान्ड लगातार सातौं वर्ष विश्वको सबैभन्दा खुसी राष्ट्र बनेको हो। इन्डेक्सका अनुसार अफगानिस्तान सबैभन्दा कम खुसी देशका रूपमा १४३औं स्थानमा छ।

Hardik ivf

नेपाल सूचांकको ९३औँ स्थानमा छ। चीन ६०औँ र भारत १२६औँ स्थानमा रहँदा इराक ९२औँ स्थानमा र कम खुसी लाओस ९४औँ स्थानमा छन्। २३औँ स्थानमा अमेरिका  पर्दा रूस ७२औँ र युक्रेन १०५औँ  स्थानमा छ ।

सबैभन्दा खुसीकाे एकदेखि १०औँ क्रमशः फिनल्यान्ड, डेनमार्क, आइसल्यान्ड, स्विडेन, इजरायल, नेदरल्यान्ड्स, नर्वे, लक्जमवर्ग, स्विट्जरल्यान्ड र अष्ट्रेलिया छन्।

full-list-of-happy-countries-1710922131-page-001-1710933155.jpg

full-list-of-happy-countries-1710922131-page-002-1710933154.jpg

full-list-of-happy-countries-1710922131-page-003-1710933154.jpg

प्रकाशित मिति: १६:५९ बजे, बुधबार, चैत ७, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्