Kathmandu Press

‘समृद्ध समाजको अभियानको नेतृत्व एमालेले लिनुपर्छ’

नेकपा एमाले काठमाडौं जिल्ला कमिटिको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले काठमाडौंमा एमालेको प्रदर्शन कमजोर भएको भन्दै सुधार्न आवश्यक रहेको औंल्याए। 
‘समृद्ध समाजको अभियानको नेतृत्व एमालेले लिनुपर्छ’

काठमाडौं, चैत ७ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंका निर्वाचन क्षेत्रहरुमा हार स्वीकार्य नहुने भन्दै पार्टी कार्यकर्तालाई संगठन निर्माणमा लाग्न निर्देशन दिएका छन्। 

नेकपा एमाले काठमाडौं जिल्ला कमिटिको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले काठमाडौंमा एमालेको प्रदर्शन कमजोर भएको भन्दै सुधार्न आवश्यक रहेको औंल्याए। 

Hardik ivf

उनले भने, राजधानीले सिंगो देशको प्रतिनिधित्व गर्छ। काठमाडौंमा हाम्रो प्रदर्शन कमजोर कसरी भयो ? कसरी असफतातिर गइरहेका छौं। यसबारे सोच्ने बेला आएको छ। यसका लागि अब हामी अघि बढ्नुपर्ने बेला आएको छ। काठमाडौंका १० क्षेत्रमध्ये एउटा मुस्किलले जित्यौं, यो स्थितिलाई अनिवार्य बदल्नुछ।’

अध्यक्ष ओलीले एमालेका उद्देश्य, स्पष्ट विचार र गरेका कामकोप्रति पनि यो परिणाम सन्तोषजनक नरहेको बताए।  पार्टीका प्रत्येक कार्यकर्ताले डायरी बोकेर आफूले संगठन र पार्टीका लागि गरेका कामहरुको नोट गर्नुपर्ने उनको निर्देशन थियो। 

त्यस्तै अध्यक्ष ओलीले देशमा उल्लेख्य रोजगारीको अवसर नभएको उल्लेख गर्दै भएको रोजगारीमा समेत श्रमशोषण भइरहेको उल्लेख गरे। उनले भने, ‘देशमा पर्याप्त रोजगारीका अवसरहरु प्राप्त नभइसकेको वस्था छ। भएकोमा पनि श्रम शोषण भइरहेको छ। राज्यले तोकेको न्यूनतम पारिश्रमिकबाट नागरिक मुक्त छन् यो बारेमा सरकारले ध्यान दिन आवश्यक छ।’

सबै चेतना र समृद्ध समाजको अभियानको नेतृत्व नेकपा एमालेले लिनुपर्ने अध्यक्ष ओलीको भनाइ छ। उनले अहिले देशमा निष्ठाको राजनीतिको संकट देखिएको भन्दै एमाले भने देश बनाउने संकल्प पूरा गर्नेगरि काम गर्ने उद्देश्यका साथ अघि बढेको बताए।

ओलीले नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहको नाम लिदै कम्युनिष्टका नाममा स्वार्थी अवसर खोज्नेहरु आफै पतन हुँदै जाने जिकिर गरे। अहिले कांग्रेस सरकारबाट बाहिर रह्यो भनेर सवैभन्दा पिडा सिंहलाई नै भएको उहाले टिप्प्णी गरे। अध्यक्ष ओलीले पार्टीभित्र पद नभई काममा ध्यान केन्द्रीत गर्न निर्देशन दिए। उनले पार्टी कमिटीमा नेतृत्वको विवाद हुने गरेको भन्दै नेतृत्व गर्ने कुरा धारामा पानी थाप्न लाइन बसेको जस्तो नभएको बताए।

प्रकाशित मिति: १६:३५ बजे, बुधबार, चैत ७, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्