Kathmandu Press

‘जनताको जीवनस्तर उकास्ने गरी बजेट बनाउनुपर्छ’

प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८१र८२ का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (करप्रस्ताव बाहेक) माथिको छलफलमा उनले जनताकेन्द्रित भएर बजेट ल्याउनुपर्ने सुझाव दिए।
‘जनताको जीवनस्तर उकास्ने गरी बजेट बनाउनुपर्छ’

काठमाडौं, चैत ७ : प्रतिनिधिसभाको आजको बैठकमा नेकपा एमालेका छविराज विश्वकर्माले जनताको जीवनस्तर उकास्न प्रभावकारी योजनालाई अगाडि बढाउने गरी बजेट ल्याउनुपर्ने बताएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८१र८२ का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (करप्रस्ताव बाहेक) माथिको छलफलमा उनले जनताकेन्द्रित भएर बजेट ल्याउनुपर्ने सुझाव दिए।

'नेपालमा आत्मनिर्भर हुने कृषि बालीको प्रयोग तथा पशुपालनतर्फ सरकारले ध्यान दिन सके मुलुकको आर्थिक उन्नति सम्भव छ', सांसद विश्वकर्माले भने, 'तराईमा कृषिका लागि धेरै सम्भावना भएपनि सिँचाइ अभावका कारण पर्याप्त उत्पादन लिन सकिएको छैन। त्यसतर्फ सरकारले ध्यान दिनुपर्छ।'

Hardik ivf

सांसद विश्वकर्माले लुम्बिनी गुरुयोजनालाई पूर्णता दिएर पर्यटकलाई आकर्षण गर्ने, मुलुकमा पर्यटनको प्रचुर सम्भावना रहेकाले पर्यटन प्रवर्द्धनका लागि पूर्वाधार तयार गर्ने गरी बजेट ल्याउनुपर्नेमा सुझाव दिए। उनले सामुदायिक तथा प्राविधिक शिक्षालाई गुणस्तरीय बनाउनुपर्ने, स्वास्थ्य बीमालगायतका कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुए।

काष्ठकला, मुर्तिकला, पत्थरको क्षेत्रमा काम गर्ने परम्परागत सीपलाई आधुनिकरण र वैज्ञानिकीकरण गर्नुपर्ने विषयमा पनि बजेटले ध्यान दिनुपर्ने सांसद विश्वकर्माले सुझाव दिए।

नेपाली कांग्रेसका सांसद उदयशमशेर जवरा राणाले सरकार, नीजि क्षेत्र र सर्वसाधरणले अर्थतन्त्रलाई चलायान बनाउन जरुरी रहेको बताए। 'अर्थतन्त्र चलायमान बनाउन ३० हजारभन्दा बढी सहकारीमा भइरहेको अनियमितताको बारेमा निष्पक्ष छानबिन गर्नुपर्छ', उनले भने, 'सहकारी संस्था सर्वसाधारणको आर्थिक करोबार हुने प्रमुख स्थान हो। यसलाई सुधार गर्न संसदबाटै छानबिन समिति बनाएर निष्पक्ष छानबिन गर्नुपर्छ। यो क्षेत्रलाई सुधार गरे नागरिकको जीवन सहज हुँदै जानेछ।'

नेकपा माओवादी केन्द्रका सांसद हितराज पाण्डेले उत्पादन तथा रोजगारी बढाउँदै आयोजना कार्यान्वय, नागरिकको जीवनस्तर सुधार्न आम्दानीका स्रोत पहिचान गरी ती क्षेत्रमा लगानी गर्नेगरि बजेट विनियोजन गर्नुपर्ने बताए। आधुनिक प्रविधिलाई प्रयोगमा ल्याएर उत्पादन वृद्धिमा ध्यान दिनुपर्ने, खेर जाने पानीलाई सदुपयोग गरी सिच्भाइको व्यवस्था गर्नुपर्ने उनको सुझाव थियो।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले बजेट बनाउँदा पूँजीमा मात्र नभएर वितरण गर्नुपर्ने कुरामा पनि ध्यान दिनुपर्ने बताउनुभयो। उनले निर्यात गर्ने सामग्रीको अध्ययन गर्नुपर्ने, पर्यटकलाई आकर्षण गर्नुपर्ने, रोजगारी र उद्यमशीलता बढाउने क्षेत्रमा लगानी गर्नुपर्ने बताए।

सांसद बिना लामाले देशको अर्थतन्त्रलाई माथि उकास्न मुलुकमा सम्भावित उद्योगहरुको पहिचान गरी ती उद्योग खोल्नुपर्ने र आर्थिक अवस्था सन्तुलन कायम गर्न प्रदेश संरचना हटाउनुपर्ने सुझाव राखे। सदनमा आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफल भएकाे थियाे।

प्रकाशित मिति: १६:२९ बजे, बुधबार, चैत ७, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्