पूर्वाग्रह र दबाबका आधारमा राजीनामा माग्ने काम जिम्मेवार प्रतिपक्षीले गर्नुहुँदैन : रघुजी पन्त
बुधबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै पन्तले संसदमा प्रतिपक्षीले राखेका बिषयमा सरकारले ध्यान दिनुपर्ने भएपनि विना प्रमाण पूर्वाग्रह र दवावका आधारमा राजीनामा माग्ने काम जिम्मेवार प्रतिपक्षीले गर्न नहुने बताएका हुन्।
काठमाडाैं, चैत ७ : नेकपा एमालेका नेता रघुजी पन्तले पूर्वाग्रह र दबाबका आधारमा राजीनामा माग्ने काम जिम्मेवार प्रतिपक्षीले गर्न नहुने बताएका छन्।
बुधबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै पन्तले संसदमा प्रतिपक्षीले राखेका बिषयमा सरकारले ध्यान दिनुपर्ने भएपनि विना प्रमाण पूर्वाग्रह र दवावका आधारमा राजीनामा माग्ने काम जिम्मेवार प्रतिपक्षीले गर्न नहुने बताएका हुन्।
राजीनामा मागेर काम नै गर्न नदिने परिस्थीति सिर्जना गर्न नहुने उनको भनाइ छ । तथ्य आधार, प्रमाणका आधारमा उठाएका आवाजलाई वेवास्ता गर्न नमिल्ने तर प्रतिपक्षीले पनि राजनीतिक आधारहरुलाई पनि हेर्नुपर्ने उहाले बताए।
उनले सरकारले गरिरहेको काम र प्रतिपक्षीले उठाएका बिषयलाई जाँच्ने अन्तिम अदालत जनता भएको धारणा राखे।
प्रकाशित मिति: १५:२१ बजे, बुधबार, चैत ७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार