Kathmandu Press

दुर्गा प्रसाईंका सुरक्षा गार्ड पक्राउ प्रकरणमा सरकारसँग जवाफ माग

प्रसाईंका दुईजना बडिगार्ड हतियारसहित सोमबार सर्वोच्च अदालत परिसरबाट पक्राउ परेका थिए।
दुर्गा प्रसाईंका सुरक्षा गार्ड पक्राउ प्रकरणमा सरकारसँग जवाफ माग
Hardik ivf

काठमाडौं, चैत ७ : आन्दोलनरत व्यवसायी दुर्गा प्रसाईंका दुईजना बडिगार्ड पक्राउलाई लिएर दायर भएको बन्दी प्रत्यक्षकरण रिटमासर्वोच्च अदालतले ३ दिनभित्र लिखित जवाफ पेश गर्न सुरक्षा निकायलाई आदेश दिएको छ। 

प्रसाईंका दुईजना बडिगार्ड हतियारसहित सोमबार सर्वोच्च अदालत परिसरबाट पक्राउ परेका थिए।उनीहरुमाथि अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौं मंगलबार ५ दिन हिरासतमा राख्न थुना अनुमति दिइसकेको छ। पक्राउ परेका रामकुमार धिमाल र दीपक खड्काको हकमा आफन्तद्वारा वन्दीप्रत्यक्षीकरण रिट परेको थियो। 

गत सोमबार दिउँसो सर्वोच्च अदालतभित्र प्रसाईंका सुरक्षा गार्डहरु हतियारसहित प्रवेश गरेका थिए। दुर्गा प्रसाईंसँग सम्बन्धित मुद्दाको सुनुवाइका क्रममा उनीहरु हतियार लिएर सर्वोच्चमा प्रवेश गरेका हुन्। सुरक्षा निकायको लिखित जवाफपछि सर्वोच्चमा सुनुवाइ भई थुनामा रहेका धिमाल र खड्का थुनामुक्त हुने वा नहुने बिषयको टुंगो लाग्ने छ।  
 

प्रकाशित मिति: १४:५९ बजे, बुधबार, चैत ७, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्